Friday, April 28, 2017

कति वजन भएकाले कति पानी पिउने ?

डाक्टर तथा पोषण विज्ञहरुको सल्लाह अनुसार मानिसले दिनमा कम्तिमा पनि ८ गिलास वा झण्डै दुइ लिटर पानी पिउनु अनिवार्य हुन्छ । तर दिनभरमा कति पानी पिउने भन्ने कुरा मानिसको सरीरको वजन तथा जिउडालमा भर पर्छ । कत्रो जिउ भएका मानिसले कति पानी पिउने ? यसको सुत्र जानिराखौँः

सबैभन्दा पहिलो आफ्नो वजन थाहा पाउनुहोस् । सरीरका लागि कति पानी पिउनु आवश्यक हुन्छ त्यो जान्नका लागि सबैभन्दा पहिले आफ्नो सरीरको वजन थाहा पाउनुपर्छ । किनकी ४७ किलो तौल भएको तथा ८० किलो तौल भएको मानिसलाई आवश्यक पर्ने पानीको मात्रा फरक फरक हुन्छ । पानी सरीरमा विषाक्त पदार्थको निष्कासन देखि लिएर मेटाबोलिज्म तथा पाचन क्रिया जस्ता विभिन्न कार्यका लागि पनि सहयोगी हुन्छ ।

यसरी पिउनुहोस् पानी

आफ्नो जिउको वजन थाहा पाइसकेपछि त्यसलाई ३० ले भाग गर्नुहोस् । त्यसो गर्दा भागफल जत्ति आउँछ त्यति नै बराबरको लिटर पानी पिउन सुरु गर्नुहोस् । जस्तै यदि तपाइँको वजन ६० किलो छ भने तपाइँले दिनमा २ लिटर पानी पिउनु आवश्यक हुन्छ । ८० किलो वजन भएका मानिसले २.६ लिटर पानी पिउनु पर्छ ।

व्यायामका बेला धेरै पानी

व्यायामका बेला सरीरबाट धेरै पसिना निस्किन्छ र जिउमा पानी कमी हुन थाल्दछ । पानीको कमी हुँदा सुख्खापन तथा पाचन सम्बन्धी समस्या सुरु हुन्छ । त्यसैले यस्तो समस्याबाट बच्नका लागि व्यायाम गरिसकेको हरेक आधा घण्टामा कम्तीमा पनि एक गिलास पानी अवश्य पिउनुपर्छ । साथै फलफुल तथा जुस पनि पर्याप्त खाने गर्नुपर्छ ।

सरीरको लागि आवश्यक पानीको मात्रा पूरा गर्नका लागि केवल पानी मात्र पिउनु आवश्यक छैन । यसका लागि धेरै पानीको मात्रा हुने फलफूल तथा अन्य खानेकुरा पनि भोजनमा सामेल गर्नुपर्छ । सरीरमा २० देखि २५ प्रतिशत पानीको पूर्ति हामीले खाने खानाहरुबाट प्राप्त हुन्छ । जस्तै एउटा स्याउमा ११६ मिलि लिटर पानी हुन्छ । त्यस्तै खरभुजा, सुन्तला जस्ता फलफूलमा पनि प्रसस्त पानी पाइन्छ ।



र यो पनि पढ्नुहोस्

 हाम्रो शरिरलाई कति पानी आवश्यक छ? के धेरै पानी खानाले किड्नी स्वास्थ्य रहन्छ ?

एक जना मान्छेले पनि कति खानु पर्दछ भन्ने कुरामा मान्छेले गर्ने काम, शरीरको बनावट, वातावरण, परीवेस, उसको अवस्था आदिहरुमा निर्भर गरेको हुन्छ। मानिसको शरीरमा पानी कम भएपछि उसलाई प्यास लाग्छ र त्यसलाई निर्धारण गर्ने काम मस्तिष्कमा स्थित तिर्खा केन्द्रले गर्छ।

तिर्खा केन्द्रले हामीलाई कहिले र कति मात्रामा पानी खानु पर्छ भनेर बताउछ। त्यहि भएर जहिले सम्म मस्तिष्कले काम गरिरहन्छ, त्यति बेला सम्म पानीको अभावले जटिलता सृजना गर्दैन। पानी धेरै खानाले किडनीको स्वास्थ्य राम्रो रहने भन्ने कुरा पुरा रूपमा साचो भने हैन। जे भएनी पानी बेसी खानाले पिसाबको घनत्व स्वाभाविक नै रहन्छ तर पिसाबको परिमाण भने बढ्ने गर्छ जसले पिसाबमा हुने संक्रमण रोक्ने गर्छ। तर किडनी खराब हुनु पछि अरु थुप्रै कारणहरु भने हुन सक्छ, जस्तै अनियन्त्रित मधुमेह रोग, उच्च रक्तचाप अथवा अटो-इम्युन (auto-immune) रोग, जुन पानी खाएर रोक्न सम्भव छैन।
प्रतिदिन कम्तिमा ४ ग्लास पानी वा तरल आहार खानु राम्रो हो। तर धेरै पसिना आएमा हामीले पानीको परिमाण नि बढाउनु पर्ने हुन्छ। पर्याप्त पानी खाएमा किडनीमा पत्थर हुदैन र किडनीको सामान्य गतिबिधि नि ठिक रहन्छ। मधुमेह, उच्च रक्तचाप, अधिक वजन अथवा परिवारमा कसैलाई किडनी समस्या छ भने किडनी रोग हुने सम्भावना बेसी हुन्छ। जसलाई किडनी रोग हुने सम्भावना बेसी हुन्छ, उहाहरुले नियमित किडनी टेस्ट गर्नु फलदायी हुन्छ। किडनीको अवस्था बेलैमा थाहा पाउनु लाभदायक हुन्छ। मानिसमा कहिले हार मान्ने भनेर सोच्नु हुन्न बरु उसले भित्र देखि नै कुनै पनि कुराको सामना गर्ने आत्मबल बनाउनु पर्दछ, त्यसले उसलाई भित्र बाट नै रोग सग लड्ने दरो बनाउनुका साथै मानसिक चापलाई कम गर्दछ। किडनी साथै शरीरको तलको अंशहरुको सम्पर्क बिशेष छ। परिश्रम र ब्यायामले खुट्टाको मांसपेशिहरु सार्थक बन्छन अनि किडनीलाई अधिक शक्तिशाली बनाउछन।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment