Friday, April 28, 2017

११ वर्षे बालक र ३३ वर्षे युवाले दुवै खुट्टा नभए पनि एक सय वटा पहाड चढेर दुनियालाई पारे चकित

एजेन्सी । संसारमा अनौठा काम गर्ने मानिसहरुको संख्यामा कमी छैन । दुई वटै खुट्टा सग्ला र बलिया हुने मानिसहरु आजभोली चरम सुविधाले गर्दा उकाली ओराली गर्न मन पराउदैनन् र गर्ने पर्ने भए खुई खुई गर्न बाध्य हुन्छन् । तर मान्छेमा ईच्छा शक्ति भए के नहुने रहेछ ?

चीनका एक ११ वर्षे बालक र ३३ वर्षे युवाले दुवै खुट्टा नभए पनि एक सय वटा पहाड चढेर दुनियालाई चकित पारेका छन् ।

११ वर्षे बालक गोउ झिया र ३३ वर्षका युवा झेन झोउ शारीरीक अवस्थाले उस्तै छन् । एउटै ईलाकामा बस्ने उनीहरुले विभिन्न दुर्घटनामा आफ्नो खुट्टा गुमाएका हुन् ।

काठको सानो सानो बाकस बनाएर त्यसैको सहारामा उनीहरुले अहिले सम्म एक सय पडहा चढीसकेको र सात सय शहर घुमि सकेको चीनीया सञ्चारमाध्यमहरुले जनाएका छन् ।

८ वर्षको उमेरमा अनाथ भएका ३३ वर्षे झेनको १३ वर्षको उमेरमा खुट्टा काट्नु परेको थियो । उनले शुरुमा गीत गाएर भीख मागेर खान थालेका थिए । तर अहिले उनी संगीत शिक्षक मात्र छैनन बिहाबारी गरेर छोराछोरी समेत जन्माएका छन् ।

उता कक्षा १० मा पढ्ने झोउको सन् २०१२ मा कार दुर्घटनामा खुट्टा गुमेको थियो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment