त्यसमाथि शरीर नै उकुसमुकुस हुनेगरी प्लास्टिकमा बेरिएका मानिस देखेपछि वरिपरि भीड बढ्यो। प्लास्टिकभित्रका एक थिए संंजोग रसाइली। प्लास्टिकसहित घाँटी र कम्मरमा डोरीले कसेकाले पनि थप उकुसमुकुस भएर उनको शरीरबाट पसिना चुहिरहेको थियो। उनीसँगै सजना थापा पनि उस्तै उकुसमुकुसमा प्लास्टिकभित्र बाँधिएकी थिइन्। वरिपरि जम्मा भएका सर्वासाधरण केही नबुझेर वाल्ल परिरहेका थिए।
‘सबैभन्दा बुिद्धमान मानिने मानिसकै कारण पृथ्वी जोखिममा परेको छ, प्रकृतिमा चरम मानवीय अतिक्रमण भएकाले इकोसिस्टममै असर परेको छ’ प्लास्टिकभित्र उकुसमुकुस भएजस्तै प्रदूषणले पृथ्वी र यहाँ बस्ने मानिस पनि उकुसमुकुसम छन् भन्ने देखाउन ‘परफरमेन्स’ कला प्रदर्शनी थियो त्यो। ‘धुलाम्य प्रदूषणले पृथ्वीमा बसेको हो कि नर्कमा थाहा पाउने अवस्था नै छैन,’ रसाइलीले सुनाए, ‘वातावरण र यो पृथ्वी जोगाउनुपर्छ भनेर देखाएका हौं।’
नत्र प्लास्टिकभित्रकै मानिसजस्तो उकुसमुकुस भएर पृथ्वी र यहाँका जीवजन्तुको विनाश हुने रसाइली सुनाउँछन्। वन विनाश, सहरी विकास, प्रदूषण, ग्लोबल वार्मिङले पृथ्वीलाई असर गरिरहेकाले आफू र पृथ्वी दुबै जोगाउने चेतना छर्न कलाका विद्यार्थी त्यसरी सडकमा उत्रिएर अभिनय गरेका थिए।
पृथ्वीले व्यक्तिलाई बचाउँ तर ऊ नै नै प्रदूषणका कारण मृत्युतिर धकेलिँदै गएको अनुभूति थापालाई भइरहेको छ। ‘सडकमा हिँड्नै गाह्रो, हावा फोहोर, बोटविरुवा छैनन् अनि नयाँ नयाँ रोग बढेकै छन्, यो सबै वातावरणीय विनाशले नै भएको हो’, थापा भन्छिन्। सडकमा ती विद्यार्थीलाई त्यसरी देख्दा सामान्य लाग्न सक्थ्यो तर उनीहरूको सन्देश ठूलो थियो। ‘पृथ्वी र यहाँको वातावरण जोगाउन मानिसलाई दिने यसको चेतनाको कुनै दायरा थिएन’, कान्तिपुर फिल्म एकेडेमीका कलात्मक निर्देशक टंक चौलागाईंले भने। रसाइली र थापासँगै झन्डै एकदर्जन विद्यार्थी प्लास्टिकभित्र उभिएका थिए।
आज (शनिबार) २२ अप्रिल पृथ्वी दिवस। पृथ्वी हाम्रो साझा घर भन्दै प्राकृतिक पर्यावरण जोगाउन चेतना छर्ने उद्देश्यले यो दिवस विश्वभर मनाइन्छ। शान्ति कार्यकर्ता जोन म्याक कोनेलले पृथ्वीको सम्मान तथा शान्तिको लागि सन् १९६९ मा सानफ्रान्सिस्कोमा भएको युनेस्को सम्मेलनमा यो दिवस मनाउन माग गरेका थिए। नागरिकबाट
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment