५२ जना युवाहरुलाई दुवई पु¥याई काम दिलाउन नसकेपछि उनीहरुले आफ्नो पैसा फिर्ता मागिरहेका छन् । हाम्रा दर्शकको सहयोगबाट सुभद्रा बराल अवुदावीको अल्फाल स्ट्रिट ३८ नम्वरको पिङ्क कलरको घरमा वस्ने गरेको खुलेको छ । उक्त घर उगान्डाको दुतावास नजिकै छ । बराललाई खोज्न प्रहरी असफल भएको भन्दै एसआरएस ओभरसिजबाट ठगिएका व्यक्तीहरु आईतवार पुन हाम्रो कार्यालय आईपुगे ।
आफुहरुको पुर्ण सहयोगका बावजुद ठगिएका व्यक्तीहरुले अफुहरुलाई अनावश्यक दवाव दिएको भन्दै एसआरएस मेनपारवका पुर्व कर्मचारीहरुले पनि आफ्नो गुनासो राखे । उनिहरुले हामी मार्फत सुभद्रा बरालाई नेपाल पर्कन समेत आग्रह गरे ।
यस अघि ठगिएका युवाहरुलाई म्यानपावरले काठमाण्डौमा खाने बस्ने व्यवस्था मिलाउने भनि केही दिन होटलमा राखेपनि अहिले भने कार्यालयमा काम गर्ने राम लामा फरार छन् भने कार्यालयकै अर्की स्टाफ सुमी भट्टराई सिग्देल भारतको मुम्वई पुगेकी छिन् । विदेश जादा ऋण लिएको रकम भएकाले ब्याज तीर्न समस्या भएको ठगिएका युवाहरुको भनाई छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment