खानी तथा भूगर्भ विभागका प्रवक्ता कृष्णदेव झाले टेकुमा ग्यास उत्खनन् परीक्षणको काम भइरहेको जानकारी दिए । टेकुमा ग्यास उत्खननका लागि एसियन ड्रिलिङ कम्पनीले काम अघि बढाएको उनले बताए । ‘उक्त कम्पनीसँग १ साताअघि उत्खननको सम्झौता भएको छ,’ विभागका प्रवक्ता झाले भने ।
प्रतिस्पर्धाका आधारमा विभागले छनोट गरेको उक्त कम्पनीले ग्यास उत्खनन्को काम अघि बढाएको हो । उक्त कम्पनीले करीव ३५ लाख रुपैयाँ लागतमा उत्खनन कार्य अघि बढाएको झाले बताए ।
करीव ३ दशकअघि नै टेकुमा मिथेन ग्यासको भण्डारण रहेको ठहर भएपछि लामो समयपछि त्यसको परिक्षणका लागि विभागले काम अघि बढाएको हो ।
‘ग्यास उत्खननका लागि टेण्डर पाएको कम्पनीले अहिले साइट क्लियरेन्सको काम अघि बढाइरहेको छ,’ प्रवक्ता झाले भने । उक्त कम्पनीले आगामी असारभित्र ड्रिलिङ सक्नेगरी सम्झौता भएको विभाग बताउँछ ।
जमिनमुनि करीव ३ सय ५० मिटर गहिराईमा ड्रिलिङ गरेर ग्यासको परीक्षण गरिनेछ ।
इमाडोलमा पनि सोही कम्पनीले ग्यास ड्रिलिङ सफल गरेको थियो ।
गत कात्तिकमा उद्योगमन्त्री नविन्द्रराज जोशीले ग्यास बालेर ललितपुरको इमाडोलमा मिथेन ग्यास रहेको प्रमाणित गरेका थिए । उक्त ग्यास खाना पकाउन मिल्ने ग्यास रहेको समेत प्रमाणित भएको थियो । त्यसको व्यवसायीक उत्पादन गर्न सकिने या नसकिने भन्ने सम्बन्धमा भने विभागले हाल अध्ययन गरिरहेको छ ।
यसअघि करीव ३० वर्षअघि जापानी सहयोग निकाय जाइकाले गरेको अध्ययनले काठमाडौंमा मिथेन ग्यास रहेको ठहर गरेको थियोे । जाइकाले काठमाडौंको २६ बर्ग किलोमिटर क्षेत्रमा १४ स्थानमा ड्रिल गरेको थियो ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment