Saturday, April 22, 2017

बिहेपछि कता पुग्छन् फिल्मका हिरोइन ? पढौ पृष्ठभुमि !

काठमान्डौ । एकताका चल्तीमा रहेका केही हिरोइन बिहेपछि घरजम मै केन्द्रित भएका छन् । कतिपय भने फिल्म अभिनयलाई निरन्तरता दिन खोजिरहेका भए पनि उचित अवसर भने पाएका छैनन् । यहाँ मात्रै होइन, बलिउडतिर पनि हिरोइनको करिअर बिहेपछि ओरालो लाग्छ भन्नेहरु कम छैनन् ।

अधिकांशको त्यसो देखिएकोले पनि यसो भनिएको हो । बलिउडमा ट्वीन्कंल खन्न, करिश्मा कपुर, सिल्पा सेठ्ठी, ऐश्वर्या रायलगायतका हिरोइनको करिअर बिहेपछिका दिनमा पहिलाको जस्तो चमकदार देखिएको छैन । रानी मुखर्जी, आयशा टकिया, लारा दत्तलगायतका कतिपय हिरोइनले भनेृ करिअर ओरालो लाग्दै गएपछि बिहेको बाटो रोजे । तर केही भने बिहेपछि पनि फिल्ममा सक्रिय देखिन्छन् ।

नेपाली हिरोइनको बिहेअघि र पछिको करिअरको चमक पनि बलिउडका हिरोइनको जस्तै छ । कपियले फिल्म हात पर्न छाडेपछि घरजम गरेका छन् भने कतिले बिहेपछि यो क्षेत्रलाई टाटा बाइबाई नै भनेका छन । अनि कतिले भने निरन्तरता दिने प्रयास गरिरहेका छन् । बिहेपछि पनि करिअरलाई उचाईमा पुर्‍याएका केही हिरोइन छन् हामीकहाँ । ती हुन् करिश्मा माननन्धर, झरना थापा र रेखा थापा । करिश्मको फिल्मी करिअरले बिहेपछि तै तीव्रता पाएको हो । कस्तुरी फिल्मको सुटिङका क्रममा सो फिल्मको निर्माता रहेका विनोद मानन्धरसँग अफेअरलाई उनले बिहेमा परिणत गरिन् । त्यसपछिका दिनमा उनले थुप्रै सफल फिल्म दिइन् ।

करिश्मा अहिले पनि उत्तिकै सक्रिय रुपमा अभियनका साथ फिल्म निर्माणमा लागि रहेकी छिन् । धर्मसंकट फिल्मबाट सहायक हिरोइनका रुपमा उदायकी झरना थापाले त्यसपछि आफूलाई पूर्ण हिरोइन बनाइन । उनले गोर्खाली, ए मेरो हजुर, सुखदुःख, तक्दिरलगायतका एक सय भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छिन् । बिहेपछि करिअर सुरु गरेकोले उनी अहिले पनि उत्तिकै सफल र व्यस्त छिन् । हिरो फिल्ममा सहनायिककाको रुपमा प्रवेश गरेकी रेखा थापाले सुटिङ सकिँदानसकिँदै सो फिल्मका निर्माता छवि ओझासँग विवाह गरिन् ।

बिहले उनको करिअर अघि बढाउन निकै मद्यत गर्यो । थुप्रै फिल्ममा अभिन गरी नम्बर एक हिरोइनको दर्जामा उक्लिएकी उनले बाह्र वर्ष लामो वैवाहिक जीवनलाई तीन वर्षअघि पूर्णविराम दिइन । छविराजसँग छुट्टिएपछि पनि उनले अभिनय र निर्मालाई निरन्तरता दिइरहेकी छिन् । दुई वर्षअघि बिहे गरिन् रेजिना उप्रेतिले । बिहेअघि पनि उनको करिअर खासै चमकदार भने थिएन । आफूले निर्माण गरेको बरदान फिल्मको पार्टनरसिप विवाद र आर्थिक घाटाको कारण उनी तनाव मै थिइन् । त्यसैबखत बिहे गरिन् ।

बिहेपछि फिल्ममा व्यस्त हुने चाहना भए पनि अवसर भने उनले पाएकी छैनन् । रेजिना अचेल गृहस्थ जीवन व्यतीत गरिरहेकी छिन् । बिहेपछि फिल्म अभियनलाई चटक्कै छाडेकी हिरोइन हुन्, विपना थापा । वरमाला फिल्म सुटिङका क्रममा सो फिल्मका सहनिर्माता भारतीय नागरिक आशुतोष भारद्वाजसँग झाँगिएको प्रेमलाई बिहेमा परिणत गरेर उनी पतिको घर भारत लागिन् । काठमाण्डौ निखिल उप्रेतिसग बिहे गरेपछि केही समय अभियनबाट ओझेलमा परे पनि सञ्चिता लुइटेल पछिल्लो समय सक्रिय भएकी छिन् ।

केही समयअगाडी विहेबन्धनमा बाँधिएकी सुमिना घिमिरेले फिल्म अभियनबाट सन्यास नै लिएकी छिन् । मलेसियन नागरिकसँग बिहे गरेकी झरना बज्राचार्य पनि फिल्मबाट टाढिएकी छन् । उनी फिल्ममा फर्कने सम्भावना औल्याइन्छ । गत वर्ष अस्ट्रेलियानिवासी गजेन्द्र थापासँग विवाह गरेकी ऋचासिंह ठकुरी भने फिल्म निर्माणमा लागेकी छिन् ।

एकताका चलतीकी हिरोइन अरुणीमा लम्साल पनि बिहेपछि फिल्ममा देखा पर्न छाडेकी छिन् । घुम्न भनेर अमेरिका गएकी जल शाहले उतै बिहे गरिन् । त्यसैगरी पुजा चन्द, सारंगा श्रेष्ठ,युना उप्रेति पनि उत्तै झ्याई पारे ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment