Saturday, April 22, 2017

तपाईलाई थाहा छ ? एनटीसीको डाटा शुल्क सस्तो भयो नि !

काठमाडौं, १० वैशाख– नेपाल टेलिकम (एनटीसी)ले इन्टेरनेट डाटा शुल्क सस्तो बनाएको छ । एनटीसीले ‘सस्तो अफर’ अन्तर्गत डाटाप्याकको शुल्क घटाएको हो ।

एनटीसीले ‘नाइट टाइम प्याक’, ‘अल टाइम प्याक’, ‘डे नाइट डाटा प्याक’ र ‘फेस बुक डाटा प्याक अल टाइम’ प्याकेजमा विभिन्न दरमा डाटा शुल्क तोकेको छ ।

एनटीसीको ‘नाइट डाटा प्याक’ अन्तर्गत ५४ रुपैयाँमा ५०० एमबी, ९० रुपैयाँमा १२०० एमबी, २०० रुपैयाँमा ३०७२ एमबी र ३०० रुपैयाँमा ६६६५ एमबी डाटा खरिद गर्न सकिने छ ।

यस्तै ‘अल टाइम प्याक’ अन्तर्गत १०० रुपैयाँमा ४०० एमबी, २०० रुपैयाँमा ८०० एमबी र ३०० रुपैयाँमा १५०० एमबी डाटा खरिद गर्न सकिने छ ।

यस्तै ‘डे नाइट डाटा प्याक’ योजना अन्तर्गत १०० रुपैयाँमा विहान ६ देखि साँझ ६ बजेसम्म १०० एमबी र राती १० देखि विहान ६ बजेसम्म ५०० एमबी डाटा खरिद गर्न सकिने छ । एनटीसीको ‘फेस बुक डाटा प्याक अल टाइम’ योजना अन्यतर्गत २२.६० रुपैयाँमा १०० एमबी डाटा खरिद गर्न सकिने छ ।

एनटीसीले आफ्नो उपभोक्ताका लागि ‘नाइट भ्वाइस प्याक’ समेत ल्याएको छ । जसअन्तर्गत राती १० देखि विहान ६ बजेको अवधिसम्म २५ रुपैयाँमा २५० मिनेट कुराकानी गर्न सकिने छ ।

एनटीसिले आफ्नो उपभोक्ताका लागि ‘नाइट भ्वाइस प्याक’ समेत ल्याएको छ । जसअन्तर्गत राती १० देखि विहान ६ बजेको अवधिसम्म २५ रुपैयाँमा २५० मिनेट कुराकानी गर्न सकिने छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment