आज भएको थुनछेक बहसमा अदालतले धरौटी लिएर राउतलाई छोडेको अदालतका रजिष्ट्रार विनोद खतिवडाले जानकारी दिए । सिरहा जिल्ला अदालतका न्यायाधीश ध्रुवप्रसाद सापकोटाको इजलाशले राउतको रिहाईको मागसहित सिरहा र लहानबाट पक्राउ गरी मुद्दा चलाइएका अन्य नौ जनासँग भने जनही पाँच पाँच हजार रुपैयाँ धरौटी माग गरेको छ ।
धनुषाको जनकपुरमा पक्राउ गरी सिरहा ल्याएर पहिलो पटक गत माघ २१ गते राज्य विरुद्धको संगठित अपराध अन्तर्गतको मुद्दामा अदालत उपस्थित गराइएका राउतलाई अनुसन्धानका लागि पहिलो पटक अदालतले १० दिनसम्म थुनामा राख्ने आदेश दिएको थियो ।
त्यसपछि दोस्रो पटक फागुन १ गते १० दिन, तेस्रो पटक ११ गते फेरि १० दिन, चौथो पटक फागुन २२ गते २० दिन र अन्तिम तथा पाँचौं पटक चैत ११ गते १० दिनको म्याद थपेको थियो । त्यसपछि चैत २१ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरी कानुनी कारबाहीको प्रकृया अगाडि बढाइएको थियो ।
राउत रिहा भएलगत्तै रुपन्देही प्रहरीले उनलाई पक्राउ गरी रुपन्देही लैजाने तयारी गरिएको छ । ‘केही विषयमा अनुसन्धान गर्नुछ’ भन्दै रुपन्देही प्रहरीले सिरहा प्रहरीलाई सिके राउतलाई बुझाउन आग्रहसहित पत्राचार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विश्वमणि पोखरेलले बताए ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment