Thursday, April 20, 2017

१८ खर्ब रुपैयाँ पर्ने यो हो दुनियाको सबैभन्दा मूल्यवान खाल्डो

एउटा खाल्डोको मूल्य कति पर्ला ? जाबो खाल्डोको मूल्य १८ खर्ब रुपैयाँ पर्छ भन्ने कुरा पत्याउन सकिन्छ ? नपत्याएर के गर्नु ? रुसको पूर्वी साइबेरियामा खरबौँ रुपैयाँ पर्ने यस्तै अमूल्य खाल्डो छ ।

दुनियाको सबैभन्दा मूल्यवान यस खाल्डो डायमण्ड सिटीको नामले चर्चित मिरमाइन क्षेत्रमा रहेको छ । यो खाल्डो दुनियाको सबैभन्दा मूल्यवान खाल्डो मात्र होइन, सबैभन्दा खतरनाक खाल्डोमध्ये पनि एक हो ।

यो खाल्डोमा सन् २००४ पछि भूमिगत सुरुंग बनाइएको छ । यो खाडलबाट हरेक वर्ष औषतमा २ लाख क्यारेट हिरा निकालिन्छ । सन् २०१४ मा पनि त्यहाँबाट ६० लाख क्यारेट अप्रशोधित हिरा निकालिएको थियो । जसको मूल्य २ करोड पाउण्ड हुन्छ । यो खाडलको आसपासका खानीहरुबाट विश्वको कुल अप्रशोधित हिराको २३ प्रतिशत निकालिन्छ । यहाँबाट निकालिने सबैभन्दा ठूलो आकारको हिरा गल्फ बल जत्रै हुन्छ, जुन निकै मूल्यवान हुन्छ ।

यहाँको अरबौँको व्यापारलाई रुसी राष्ट्रपति भ्लादमिर पुटिनले स्वयं निगरानी गर्छन् । वास्तवमा यो खाडल रुसी कम्पनी अलरोसाको स्वामित्वमा छ । यो खाडलको गहिराई १७२२ मिटर रहेको छ । साथै यो खाडलको घेरा साढे ३ किलोमिटर लामो छ ।

यो खाडललाई निकै खतरनाक मानिन्छ । किनकी यसले आफुमाथिको आकासमा उडिरहेका हेलिकप्टरलाई समेत खाडलतिरै तान्छ भनिन्छ । एजेन्सी

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment