Thursday, April 20, 2017

हात खुट्टा नभएका ११ बर्षिय बालकको अनौठो कला ! पढेर सेयर गर्नुस

एजेन्सी । इन्डोनेशियाको पेनावान्गन गाँउमा एक बालक बिना हात खुट्टाको नै जन्म भएको छ । यि ११ बर्षिय बालकको नाम टियो सेटरियो हो । दुबै हात खुट्टा नभए पनि उनि पढ्न, खेल्न निकै नै चलाख छन् ।

यि बालकले मुखको सहाराले लेख्ने गर्दछन् । उनि साथिहरुसँगै गुरुको पनि निकै प्रसंसकिय बिध्यार्थी पनि हुन् । पढाईमा पनि उनि अब्बल छन्, उनि कक्षा २ मा हुँदाहुदै पनि कक्षा ४ को गणितको हिसाब सजिलै हल गर्न सक्छन् ।

टियो पढ्नसगैँ भिडियो गेम खेल्न निकै मन परउँछन् । बिना हातखुट्टा उनि कुम र चिँउडोले भिडियो गेम खेल्ने गर्दछन् । टियो गेम खेल्ने मात्रै हैन आफ्ना साथिहरुलाई पनि भिडियो गेममा हराइ दिन्छन् ।

उनका बाबुआमाका अनुसार गर्भाअवस्थामा हुँदा बिमारीका कारण बच्चामा असर पुगेको र डाक्टरले उनिहरुसँग केहि कुरा बताएनन् । बच्चा जन्मिएपछि मात्रै आफ्नो बच्चा बिना हातखुट्टा भएको थाहा पाए । अहिले उनिहरु आफ्नो छोरालाई राम्रोसँग हेरबिचार गर्दै छन् । उनि अपांग हुँदाहुदै पनि सामन्य जिवन बिताउदै छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment