Tuesday, April 25, 2017

जनतालाई उज्यालोमा लैजानु छ, म राजनीतिमा फस्नु हुँदैन – कुलमान घिसिङ

 वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू काठमाडौँ मेयरको उम्मेदवारी नबन्ने बताएका छन् ।
केही दिनदेखि माओवादी केन्द्रले उम्मेदवारी दिन लागेको भन्ने प्रचार भइरहेको बेला घिसिङले सामाजिक सञ्जालमार्फत आफ्नो भनाई सार्वजनिक गरेका हुन् । उनले ऊर्जा क्षेत्रमै काम गर्न बाँकी रहेको बताएका छन् ।


काठमाडौँ मेयरमा घिसिङको चर्चासँगै काँग्रेस र एमालेको टाउको दुखईको विषय बनेको थियो । लोडसेडिङ अन्त्यको लागि महत्वपूर्ण भूमिका खेलेका कारण काठमाडौंबासीले कुलमानलाई जिताउने डर उनीहरुलाई थियो ।
बिहीबार कुलमानले आफ्नो आधिकारिक धारण सार्वजनिक गरेसँगै काठमाडौँ मेयर जित्ने दाबी गरेका काँग्रेस र एमालेलाई केही राहत भएपनि पूरै डर भने अझैं हटेको छैन ।
माओवादी केन्द्रको उच्च तहमा पनि कुलमानलाई नै काठमाडौं महानरपालिकको मेयर उठाउने छलफल भइरहेको छ । कुलमानले उम्मेदवारी दिने सम्भावना पूरै टरिनसकेको माओवादी केन्द्रकै नेताहरु बताउँछन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment