Tuesday, April 25, 2017

नेपालको शान : भीमसेन थापा

-प्रविण अधिकारी

वीरभद्र थापाका नाती सानाकाजी अमर सिंह थापाका छोरा भीमसेन थापा गोरखा जिल्लाको पिपलथोक गा.वि.स. को बोरलांग गाउँमा वि. सं. १८३२ जेठ १० गतेका दिन ( अर्थात २५ मे १७७५ ) जन्मिएका थिए । नेपालको इतिहाँसमा विस १८०८ मा जन्मेका अमरसिंह थापा र विसं १८१६ मा जन्मेका अमरसिंह थापा एकै समयका भएकाले पहिलोलाई बडा अमरसिंह थापा र अर्कोलाई साना अमरसिंह थापा भन्ने चलन थियो ! बडा अमरसिंह थापाका बाबु भीमसेन थापा हुन् जो, बाघ भीमसेन थापाको रूपमा पनि प्रसिद्ध थिए । साना अमरसिंह थापाका छोरा भीमसेन थापा हुन् । जो नेपालको दोश्रो प्रधान मन्त्री भएका थिए ! यी दुवै वगाले थापा हुन् र नगिचैका दाजुभाइ पनि हुन् । यिनका छोरा सानैमा १७९६ (१८५३) मा मरेका हुँदा इनले आफ्ना माहिला भाइ नयन सिंह थापाका छोरा शेर जंग थापालाई पोष पुत्रको रुपमा हुर्काएका थिए ! साना काजी अमर सिंह थापाले भीमसेन थापाको ब्रतबन्ध श्री ५ युबराजधिराज रण बहादुर शाहसंगै गरिदिएका थिए ! दरबारसंगको गहिरो सम्बन्धका कारण यिनलाई पहिला श्री ५ प्रताप सिंह शाह को अंग रक्षक र उनको देहान्त पछि श्री ५ रण बहादुर शाहको पनि अंग रक्षकको रुपमा नियुक्ति मिलेको थियो !

मैथिल बिधुवा कान्तिवती संग बिहेगरेपछी जन्मिएका श्री ५ गिर्वाणयुद्ध बिक्रम जन्मिएको १.५ बर्षमै जालझेल रचेर श्री ५ रण बहादुरलाइ काशी पठाईएपछि भीमसेन थापा पनि संगै गएका थिए ! कालान्तरमा श्री ५ संगै नेपाल फर्केपछि उनी नेपालका प्रधानमन्त्री भए। उनले ३१ वर्ष सम्म थुप्रै महाराजधिराजहरुको अधिनमा रहेर बिभिन्न ओहोदाहरु सम्हालेका थिए ! सैनिकलाई युरोपेली शैलीमा आधुनिकिकरण गरे । थुप्रै समाजिक कुरितीहरू हटाए। सार्वजनिक प्रशासनमा सुधारहरू गरे। धरहरा, सुन्धारा, बागदरवार, टेकु पुल, थापाथली पुल , सेनाको आधुनिकीकरण, राहदानी प्रथाको सुरूआत, अनेकौं सामाजिक सुधार र विकास निर्माणको कार्य गर्न लगाए। महान् पूर्वजहरूले सुरू गरेको नेपाल एकीकरणलाई अगाडि बढाएर यिनले नेपालको सीमालाई चारैतिर बढाए। १८६२ मा काजी र त्यसपछी मूलकाजी र जनरल भएका भिमसेन थापाले ब्रिटिश साम्राज्यवाद विरुद्ध अनवरत संघर्ष गरे र नेपालको सतजलसम्म पुगेको सिमानाको हरसम्भव संरक्षण गरे !

वि. सं. १८९४ असार ५ गते भिमसेन थापाबाट फौजी तैनाथी खोसियो भने अर्को महिना उनलाई पदबाट हटाइएको थियो। थापालाई पदच्युत गरिएपछि पाँडे समूहका नाइके रणजंग पाँडेले मुलुकको शासन व्यवस्थामा प्रभाव पार्नलागे। भारदारहरूबीचको गुटवन्दी र दरबारिया षड्यन्त्रमा परेर उनलाई जेलनेलसहित अनेकौ यातना दिई थुनामा राखियो। वि. सं.१८७१/७२ मा अंग्रेजसँगको युद्धमा पराजित र १८७३ मा भएको सुगौली संन्धी पश्चात तथा १८९४ मा राजकुमार देबेन्द्रको हत्याको अभियोग तथा दरवारिया षड्यन्त्रले गर्दा आफ्नो अपमान सहन नसकी यिनले अन्ततः २० श्रावण वि.सं. १८९६ (५ अगष्ट १८३९ ) ६४ बर्षको उमेरमा आत्महत्या गरे। उनले आत्महत्या गरेको ठाउलाई भिम मुक्तेश्वर भनिन्छ !

महारानी त्रिपुरासुन्दरी भीमसेन थापाकी प्रमुख समर्थक थिइन् ! उनको मृत्यु , सुगौली संधी र श्री ५ राजेन्द्रको बढदो उमेर , तत्कालिन दरबारिया पाण्डे तथा बस्न्यातहरूका बढ्दो बिरोधका कारण भीमसेन थापाले पदत्याग गरेका थिए । भीमसेन थापा प्रधानमन्त्री जंगबहादुर राणाको आमा पट्टिको हजुरबुबा थिए। आफ्नो हजुरबुबाको मृत्युको बदला लिन जंग बहदुले कोतपर्ब , भण्डारखाल पर्व रचेर नेपालमा राणा शासनको सुरूवात गरेका हुन् भन्नेकुरामा सबै ईतिहांस कारहरुको मतैक्यता छ ।

(अधिकारीको फेसबुक वालबाट साभार)

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment