Wednesday, April 26, 2017

नेपालमा मात्र होइन विदेशमा पनि छोडेनन, उत्तर कोरियामा नेपालि नेताहरुको कुटाकुट

काठमाडौं, १३ वैशाख । जसले नेतृत्व गरेर विदेश लग्यो उसलाई आफैंले लगेका मान्छेबाट कुटाइ खानुप¥यो भने के हालत होला ? त्यो पनि उत्तर कोरियाजस्तो अत्यन्त कडा कानुनी व्यवस्था भएको देशमा !

जनआस्था साप्ताहिकमा खबर छ– उत्तर कोरिायका संस्थापक राष्ट्रनेता किम इल सुङको १०५ औं जन्मजयन्तीको अवसर पारेर नेपालबाट १५ जनाको समूह प्योङयाङ गएको थियो । जसमा फरक–फरक तीनवटा प्रतिनिधि मण्डल थिए । पुराना पत्रकार मञ्जुरत्न शाक्यको परिवारबाट चार जना थिए भने मणिकलाल दम्पती अर्को समूहमा थियो । शंकर भारती नतृत्वको तीन जनाको अर्को समूह थियो ।

अनि झगडा प¥ विप्लव समूहका अशोक सुवेदीले नेतृत्व गरेको ६ जनाको समूहमा । सुवेदीको टिममा त्रिविमा इतिहासका प्रा.डा. सुरेन्द्र केसी र हस्तबहादुर केसीसँगै थप तीनजना थिए ।

काठमाडौंबाट सांघाई गएर त्यहाँबाट रेलमा सुवेदी समूह बेइजिङ पुग्यो । बेइजिङबाट चैत ३१ गते बिहीबार उत्तर कोरिायको राजधानी टेकेको टोली पुग्नासाथ आपसी झगडामा उत्रिएको हो ।

वैशाख ७ गतेसम्म प्योङयाङमा रहँदा विप्लव समूहका कटवाल, शाही र भण्डारीले आफ्नै नेता अशोक सुवेदीमाथि हात हालेका हुन् । आफ्नै प्रतिनिधिमण्डलका नेतामाथि कुटपिट गर्नुपर्ने खास कारणचाहिँ पैसाको लेनदेन बुझिएको छ ।

सबै सहभागीबाट नोपल कोरिया लेखक तथा पत्रकार संघका नाममा जनही तीन लाख रुपैयाँ उठाइएको रहेछ । भिसाका लागि थप २ सय डलर पनि लिएको बताइन्छ । कोरिाय पुगेपछि जम्मा डेढ लाख रुपैयाँ जति मात्र बाटो खर्च परेको र भिसा शुल्क नलागेकको थाहापाएपछि कुटपिटमा उत्रिएका रहेछन् ।

हाम्रो पैसा फिर्ता दिन्छस् कि यहीँ मारिदिऊँ भन्दै अशोक सुवेदीलाई बाथरुममा लगेर युवाले मुड्की हानेको पार्टीमा उजुरी छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment