ईशान कोण र नैऋत्य कोणलाई ठीक राख्दा हाम्रो वास्तु ठीक हुन्छ । ईशान भन्नाले उत्तरपूर्वी कोण हो । यस कोणमा अपवित्र वस्तुहरू अनि फोहोरहरू नराख्नुहोला । भारी वस्तु जस्तै फलाम आदि पनि नराख्नुहोला । यस दिशामा बिर्सेर पनि शौचालय नबनाउनुस् ।
यसो गर्नुभयो भने घरमा कलह, सन्तान अपांग हुने अनि वंश वृद्धिमा समस्या, दुष्चरित्रता र दीर्घरोगको समस्या हुन्छ । दरिद्रताले घरलाई छोप्छ । यो कुनामा प्वाल, भग्नावशेष र भान्साघर पनि बनाउनु ठीक हुन्न ।
पत्याउनु हुन्न भने ईशान कोणमा कुचो राखेर हेर्नुस् त । बेलुकासम्ममा तपाईंको कसै न कसैसँग झगडा हुन्छ ।
यो कुनामा मन्दिर बनाउनुस् र भगवानलाई स्थापित गर्नुस् । घरमा चाहे प्राकृतिक वर्षाको वा कृत्रिम जलको प्रवाह होस्, सधैं उत्तरपूर्वी कोणमा राख्नुस् । यो कोण यथासम्भव खाली, स्वच्छ र सफा हुनुपर्छ । घरको प्रत्येक कोठामा ईशान कोण खाली राख्नुस् ।
ईशान कोणमा इनार ना नहर भयो भने त्यहाँको जमीन हराभरा हुन्छ । विद्यालय छ भने बच्चाहरू सफल हुन्छन्, अस्पताल छ भने बिरामी छिटो ठीक हुन्छन्, व्यापारी धनी र सम्पन्न हुन्छन् ।
होटेल होस् वा बहुतल्ले भवन, फ्याक्ट्री होस् वा व्यापारिक कम्प्लेक्स ईशान कोणको रक्षा गर्नुपर्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment