Monday, April 24, 2017

एमालेले काठमाडौंमै यसरी गर्यो कांग्रेस-माओवादीको ‘पत्तासाप’ !

काठमाडौं, ११ वैशाख । वैशाख ३१ को स्थानीय तहको निर्वाचन आउनै लाग्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट एक संगठनले सत्तारुढ कांग्रेस र माओवादी केन्द्र निकट संगठनको संयुक्त प्यानललाई हराएको छ ।

सन्दर्भ हो, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको निर्वाचन । आइतबार सम्पन्न मतदानमा एमाले निकट प्रेस चौतारी नेपालले कांग्रेस निकट प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टर लगायत संगठनको संयुक्त प्यानललाई हराएको हो ।


को-को विजयी ?

सत्तारुढ गठबन्धनलाई ११ मतले पराजित गर्दै प्रेस चौतारीका उम्मेदवार बिडारी विजयी भएका हुन् ।  बिडारीले ४२९ तथा प्रेस युनियन र प्रेस सेन्टर गठबन्धनका अधिकारीले ४१५ मत पाए ।

उपाध्यक्ष (खुला)मा सूर्य सुवेदी, महिला उपाध्यक्षमा सीता पोखरेल, सचिवमा मोहनराज पन्त, कोषाध्यक्षमा रामचन्द्र बस्नेत, सहसचिवमा रामशरण माझी, समावेशी सहसचिवमा अमिर लामा निर्वाचित भए ।

खुला सदस्यमा सुलोचना अर्याल, पुष्कर बस्नेत, रामचन्द्र दुलाल, राजेश भण्डारी, फणिन्द्र फुयाल, अजित अधिकारी, मुकुन्द भूसाल, विष्णुकुमार गिरी निर्वाचित भए । समावेशी सदस्यमा हेमबहादुर राना ‘कमल’, महिला सदस्यमा अम्बिका घिमिरे, मधेसी सदस्यमा विनयकुमार महतो र दलित सदस्यमा शर्मिला विश्वकर्मा निर्वाचित भए ।

सत्तारुढको घेराबन्दी पराजित

गर्ने विडारी एमालेको जनसंगठन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हुन् । सत्तारुढ नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन, माओवादी निकट प्रेस सेन्टर र युवराज विद्रोहीले नेतृत्व गरेको राजावादी पत्रकारहरुको गठबन्धनलाई पराजित गर्दै प्रेस चौतारीका उम्मेदवार बिडारीले जित हासिल गरे ।

एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी विरुद्ध सत्तारुढ नेपाली कांग्रेस, माओवादी, राप्रपा, राजावादी समुहको नेतृत्व गरेका युवराज विद्रोही समुह र बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी निकटका संगठनहरुले काठमाडौं शाखाको चुनावमा गठबन्धन बनाएका थिए ।

सरकारमा माओवादी, कांग्रेस र राप्रपाको गठबन्धन बनेपछि काठमाडौंमा पत्रकार महासंघको चुनावमा पनि उनीहरुले संयुक्त प्यानल बनाएका थिए । पत्रकार महासंघको चुनावमा सत्तारुढ गठबन्धनको संयुक्त प्यानल बनेपछि एमाले निकट प्रेस चौतारीको विजय चुनौतीपूर्ण ठानिएको थियो । तर, विजयको झण्डा गाडेरै छाड्यो ।

घेराबन्दीका बाबजुद पनि प्रेस चौतारीले जितेपछि काँग्रेस र माओवादी निकट पत्रकारभित्र निकै ठूलो समिक्षा र तनावको विषय बनेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment