त्यसअघि विमानबाट ओर्लिएलगत्तै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले उनलाई स्वागत गरेका थिए ।
राष्ट्रपति भण्डारी विमानस्थलबाट उनलाई आतिथ्य दिइएको भारतीय राष्ट्रपतिभवनतर्फ जानेछिन्।
सतहमै देखियो भारतको हेपाहा प्रवृति
यसअगाडी भारतका राष्ट्रपतिको नेपाल भ्रमणको समयमा सरकाले सार्वजनिक विदा दिएको थियो भने प्रोटोकलको ख्यालै नगरी राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर प्रणव मुखर्जीलार्इ स्वागत गरेकी थिइन् भने नेपालकाे राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो भारत भ्रमणमा भारत सरकारले एकजना राज्यमन्त्रीलार्इ सवारी मन्त्रीको रुपमा पठाएर स्वागत गरेकाे छ ।
यसअघि राजकिय भ्रमणमा प्रधानमन्त्री वा विदेश मन्त्री विमानस्थलमा स्वागत गर्न आउँथे तर यसपाली भने राज्य मन्त्रीले नै राष्ट्रपति भण्डारीलाई स्वागत गरेकी छिन् ।
स्मरण रहोस् यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ करीव पाँच महिनाअघि भारत भ्रमणमा जाँदा त्यहाँकी परराष्ट्र मन्त्री सुष्मा स्वराज स्वागतका लागि विमानस्थल पुगेकी थिइन् । अहिले विद्या भण्डारीलार्इ स्वागत गर्ने राज्यमन्त्री भण्डारीभन्दा कनिष्ठ हुन् ।
अाम मानिसहरुले पनि भारतको यस्तो हेपाहा प्रवृतिको कठा रुपमा विरोध गरेका छन् । प्रभुलार्इ खुशी पार्ने भन्दै भारतीयको अगाडी घुँडा टेक्ने नेपाली राजनैतिज्ञहरुको कारणले देश अगाडी बढ्न नसकेको अाम मानिसको बुझाइ रहेकाे छ ।
को हुन् राष्ट्रपति विद्या भण्डारीलाई विमानस्थलमा ‘रिसिभ’ गर्ने भारतीय राज्यमन्त्री?
६ महिनाअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको औपचारिक भ्रमणमा आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट व्यक्तिहरुको लर्को लागेको थियो – राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’।
तर आज देशमा सार्वजनिक विदा घोषणा गरी पहिलो औपचारिक भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी भारत पुग्दा भने इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई ‘रिसिभ’ गर्न भारत सरकारका एक जना मात्र मन्त्री उपस्थित थिइन्- महिला तथा बाल विकास राज्यमन्त्री कृष्णा राज। सत्तारुढ भारतीय जनता पार्टीले दलितहरुको भोट आकर्षित गर्न अगाडि सारेका नेताहरुमध्येकी एक हुन् ५० वर्षीया कृष्णा राज।
उत्तर प्रदेशका दलितहरुमध्ये प्रभावशाली समुदायका रुपमा रहेको पासी समुदायकी नेतृ हुन् उनी। उनले सन् २०१४ को संसदीय निर्वाचनमा फूलनदेवीका पति उमेद सिंह कस्यपलाई पराजित गरेकी थिइन्।
उत्तर प्रदेशको विधान सभामा लगातार दुई वर्ष जितेका कारण उनलाई मोदीले केन्द्रीय सरकारमा राज्यमन्त्री बनाएका हुन्।
यसै सन्दर्भमा नेपालका परराष्टविद यसलार्इ के भन्छन् त पढ्नुहोस् उहाँहरुको भनाइ
मन्त्री आएको भए राम्रो हुन्थ्योः भट्टराई
परराष्ट्रविद् दिनेश भट्टराईले राज्यमन्त्रीको सट्टा मन्त्री नै स्वागतमा आएको भए राम्रै हुने भएपनि यो विषयलाई ‘इस्सु’ बनाउन आवश्यक नरहेको बताए ।
‘मन्त्री र राज्य मन्त्रीमा फरक त परिहाल्छ,’ उनले भने, ‘अब औपचारिक समारोहमा चाहिँ कस्तो स्वागत गरिन्छ त्यो अनुसार विश्लेषण गर्नुपर्दछ ।’
भारतमा सामान्यतया मन्त्रीले विमानस्थलमा स्वागत गर्ने संस्कार भएको समेत बताए ।
राज्यमन्त्री पठाउने चलनै होः राजन भट्टराई
परराष्ट्र मामिलाका जानकार नेकपा एमालेका नेता राजन भट्टराईले नेपालकी राष्ट्रपतिलाई भारतीय राज्यमन्त्रीले स्वागत गरेको विषयलाई ‘इस्सु’ बनाउन नपर्ने बताए । सामान्यतया भारतमा मन्त्री वा राज्यमन्त्री अरु राष्ट्रका राष्ट्र प्रमुखको स्वागतमा पठाउने परम्परा रहेकोमा अहिले राज्यमन्त्री जाने चलन रहेको उनले बताए ।
‘केपी ओली जाँदा सुस्मा स्वराज आएकी थिइन, त्यो भन्दाअघि राज्यमन्त्री नै आएका थिए,’ नेपाल भारत प्रबुद्ध समूहका सदस्य समेत रहेका भट्टराईले भने, ‘यसलाई खासै इस्सु बनाउन पर्दैन । बाबुराम भट्टराई जाँदा कर्मचारी पठाइएको थियो । कहिलेकाहीं प्रधानमन्त्री आफैं पनि स्वागतका लागि आउने गरेका छन् ।’
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment