Monday, April 17, 2017

महिलाका १० गुण, जसले परिवारलाई समृद्ध बनाउँछ

प्राचिन हिन्दु संस्कारमा महिलाको ३२ लक्षणको परिकल्पना गरिएको छ । ३२ लक्षणले युक्त महिलालाई पूर्ण गुणी, संस्कारी मानिन्छ ।

मानिसमा राम्रो/नराम्रो दुबै गुण हुन्छ । सबै राम्रो गुणले भरिपूर्ण हुन्छ भन्ने छैन । यद्यपी केहि राम्रो स्वभाव र व्यवहारले पनि मानिसलाई उन्नत बनाउँछ । उनीहरुको स्वभाव, सत्कर्म, सत्बिचारले परिवारलाई समृद्ध तुल्याउँछ ।

१. एक यस्तो महिला जो आफ्ना पति बराबर हुन्छन् । परिवारमा उनको उपस्थिती अहंम हुन्छ । उनले शालिन व्यक्तित्व निर्माण गरेकी हुन्छिन् । परिवार एवं पतीप्रति श्रद्धाभाव राख्छन् ।

२. ती महिला, जो सांसारिक घटनाको बारेमा जानकारी राख्छिन् । उनी बुद्धिमान र शिक्षित हुन्छिन् ।

३. ती महिला, जो आसपासका माहौलमा सतर्क रहन्छन् । सबैसँग समान र सौहार्दपूर्ण व्यवहार गर्छिन् ।

४. ती महिला, जो धर्मलाई सम्मान गर्छिन् । सामाजिक दायित्व पनि बोध गर्छिन् ।

५. ती महिला, जो हिफाजत एवं जतन गर्ने स्वभावका हुन्छन् । बचत गरेर घरलाई आर्थिक रुपले समृद्ध बनाउन सहयोग गर्छिन् ।

६. ती महिला, जो आफ्नो परिवारमा आइपर्ने संकटबाट पार लगाउन हरसंभव प्रयास गर्छिन् । उचित समयमा उचित निर्णय एवं सल्लाह दिन्छन् ।

७. ती महिला, जो एकदमै धैर्यवान हुन्छिन् । प्रतिकुल परिस्थितीमा पनि आफुलाई सम्हाल्न सक्छिन् ।

८. ती महिला, जो सबैलाई प्रेमपूर्वक व्यवहार गर्छिन् ।

९. ती महिला, जो आफुभन्दा ठूलाको सम्मान गर्छिन्, उनीहरुको सरसल्लाह लिन्छिन् ।

१०. ती महिला, जसलाई पाककलाको राम्रो ज्ञान छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment