विवाह अगाडि नै सन्तान जन्माउनु हाम्रो समाजमा स्विकार गर्न नसकिने विषय हो । तर भारतको एउटा यस्तो समुदाय छ जसको चलन अचम्मको छ । जहाँ विवाह अगाडि नै अनिवार्य रुपमा बच्चा जन्माउनु पर्छ । भारत राजस्थान तथा गुजरातमा बसोबास गर्ने गरासिया समुदायमा यस्तो प्रचलन रहेको छ ।
यो समुदायमा विवाह गर्ने जोडी विवाह पूर्वसँगै वस्छन् । एक हिसावले भन्दा लिभिङ टुगेदर र बच्चा जन्माउँछन् । त्यसपछि मात्र विवाहको कार्यक्रम हुने गरेको छ ।
नेपालको पनि केही समुदायमा केही वर्ष पहिला यस्ता प्रचलनहरु रहेपनि आज भोलि भने यस्ता प्रचलनहरु हराएर गएका छन् ।
गरासिया समुदायमा सँगै बसेका केटा र केटीबीच लामो समयसँगै वस्दासमेत केटीले बच्चा जन्माइन भने उनीहरुको विवाह हुन सक्दैनन् । त्यसपछि उनीहरु छुट्टीन्छन् । र नयाँ जोडीको खोजीमा जुट्छन् ।
यो परम्परा एक हजार वर्षदेखि चल्दै आ्एको छ । यसलाई दापा प्रथा भनिन्छ । यो समुदायमा एउटा मेला पनि लाग्दछ । उक्त मेलामा युवक युवतीहरुले उल्लासमय वातावरणमा भाग लिन्छन् ।
मेलामा आएका युवतीहरुमध्ये आफुलाई मन परेकी युवतीलाई भगाएर लैजान्छन् युवाहरुले । यसरी भगाएर लगिएका युवतीसँग संगैबसेपछि बच्चा जन्मिएको खण्डमा उनीहरुको विवाह हुन्छ अन्याथा उनीहरुको विवाह सम्भव हुँदैन ।
विवाह गरेपछि सन्तान नजन्मिने समस्याबाट समाधान पाउन यस्तो संस्कारको विकास भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment