Friday, April 28, 2017

दिसामा रगत गयो ? हेलचेक्राइँ नगर्नुहोस् नत्र…..

दिसा ढिलो र छिटो हुनुले पेटमा खासै फरक पर्दैन । कसैको हप्ताको तीन पटक मात्रै दिसा जान्छ भने कसैको दिनमै ३ पटक । यो सामान्य कुरा हो । तर, दिसा गर्दा रगत जानु र तौल घट्नु हुँदैन ।

कहिलेकाहीँ दिसासँगै रगत पनि आउँछ । दिसासँगै जाने रगतलाई सामान्य बुझाइमा रगतमासी भनिन्छ । कहिलेकाहीँ दिसामा आलो रगत समेत जाने गर्छ । धेरैजसोले त्यसरी दिसामा रगत जानुलाई ‘पायल्स’को कारण मान्छन् । तर, दिसामा त्यसरी रगत जानुलाई सामान्य रूपमा लिनु हुँदैन । ठूलोआन्द्राको क्यान्सर (कोलोन क्यान्सर) पनि रगतमा देखिएको हुन सक्छ ।

कसैको बाहिरबाट पायल्स देखिए पनि भित्र कोलोन क्यान्सर हुने गरेको छ । कसैको मलद्धारनिर पायल्स त देखिन्छ तर भित्र अर्काै घाउ बनिसकेको हुन्छ । त्यसैले पायल्सको मात्रै उपचार गरेर हुँदैन । यस्तो अवस्थामा अरू पनि केही छ कि भनेर हेर्नुपर्छ । पायल्सको मात्र उपचार गराएर ढुक्क भएर बस्दा गम्भीर दुर्घटनामा पर्न सकिन्छ । भित्रको घाउ बढ्दै जाने यता पायल्स भन्दै बस्ने गर्नाले क्यान्सर नियन्त्रणभन्दा बाहिर पुगिसकेको हुन सक्छ । त्यसैले दिसामा रगत देखा परेमा ‘कोलोन्सकोपी’ गर्नुपर्छ ।

पेटको क्यान्सरका लक्षण

– प्रायः पेट दुखिरहनु ।

– खाना खाएपछि पेट फुल्नु वा ढुस्स हुनु ।

– भोक नलाग्नु ।

– धेरै नै पखला वा बान्ता हुनु ।

– कमजोरी तथा थकाइ महसुस हुनु ।

– तीव्रगतिमा वजन कम हुनु

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment