Friday, April 28, 2017

यसरी हटाउन सकिन्छ आँखाको कालो धब्बा

शरीरमा पोषणको कमी, अनिद्रा, कमजोरी, तनाव तथा हार्मोन परिवर्तनका कारण आँखाको तल्लो भागमा कालो धब्बा डार्क सर्कल बस्ने गर्छ । कतिपय धब्बा वशांनुगत हुन्छन् भने केहीको घरेलु तरिकाले पनि उपचार गर्न सकिन्छ । आँखाको कालो धब्बा हटाउने केही घरेलु उपाय स्
काँक्रो र कागती स् काँक्रो र कागतीलाई काट्नुहोस् । दुवैलाई पिसेर पेस्ट बनाई आँखाको कालो भागमा लगाउँदा केही दिनमा हराउँछ ।
काँचो आलुलाई काटेर लेप बनाउनुहोस्, यसलाई कालो भागमा दलि १५ मिनेटपछि चिसो पानीले पखाल्नुहोस् ।

एक–एक चम्चा कागती र टमाटरको रस मिसाई आँखाको कालो भागमा मिसाई १० मिनेटपछि चिसो पानीले आँखा सफा गर्ने ।
कागतीको रस नियमित रुपमा कालो दागमा लगाइ आँखा सफा गर्ने ।

दुई वटा टि–ब्याग आधा घन्टासम्म फ्रिजमा राख्ने । त्यसपछि सो ब्यागलाई कालो घेरामा १० मिनेटसम्म राख्ने र सफा पानीले सफा गर्ने ।
गुलाब जललाई आँखा वरपर लगाई दैनिक सफा गर्ने ।

नरिवल तेलले आँखाको तल्लो भागमा मसाज गरी ५ मिनेटपछि सफा पानीले पखाल्ने ।

राती सुत्नुअघि आखाँको कालो भागमा बदामको तेल लगाई बिहान सफा गर्ने ।

सुन्तलाको बोक्राको धुलोलाई महमा मिसाएर कालो दागमा लगाई १० मिनेटपछि पखाल्ने ।

पुदिनाको पातलाई पिसेर कागतीको रस मिलाई आखाँको कालो भागमा लगाउने ।

प्याज र लसुनको रस मिसाएर कालो भागमा दली पखाल्ने ।

एक चम्चा भिजाएको मेथीलाई पिनेर त्यसमा बेसार र दुध मिसाई आँखाको कालो भागमा दल्ने र १० मिनेटपछि पानीले सफा गर्ने । स्वास्थ्य खबरपत्रिकाले छापेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment