Saturday, April 29, 2017

विनोद चौधरीका छोराको बिहेमा पुगे सलमान खान

नेपालका अर्बपति ब्यापारी विनोद चौधरीका कान्छा छोरा वरुण चौधरीको विवाह समारोहमा बलिउड अभिनेता सलमान खान सहभागी भएका छन्।

राजस्थानको उदयपुरमा गए राति भएको विवाह समारोहमा सलमानका साथै अर्का अभिनेता शत्रुघन सिन्हा पनि सहभागी भएका थिए। विवाह समारोहमा सलमान करिब एक घन्टा बसेका थिए। उनले पाहुना र आफ्ना प्रशंसकसँग कुरा गरेका थिए।

भारतीय अनलाइन न्युज १८ का अनुसार विवाह समारोहमा श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघे र राजस्थानका सामाजिक न्यायमन्त्री अरुण चतुर्वेदी पनि सहभागी थिए।

भारतीय सञ्चारमाध्यमले ‘रोयल वेडिङ’का लागि संसारभर चर्चित उदयपुरमा यो वर्ष भएका विवाहमध्ये चौधरीको विवाह सबैभन्दा भव्य भएको जनाएका छन्।

विनोद चौधरीका कान्छा छोरा वरुणको उदयपुरका व्यवसायी राजकुमार टोग्याकी छोरी अनुश्री टोग्यासँग विवाह भएको हो।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment