Sunday, April 23, 2017

केरा देखि मुलाको पात, जन्डिसको उपचार

एजेन्सी । जन्डिस आफैँमा रोग होइन, बरु एउटा गहिरो रोगको लक्षण हो । जन्डिस भएपछि कलेजो विग्रने र भाइरल हेपटाइटिस हुने गर्छ जसको उपचार निकै कठिन मानिन्छ । मलेरिया, हेपटाइटिस ए लगायतका रोगका कारण पनि जन्डिस हुने गर्छ । प्रारम्भिक रुपमा पहिचान गर्न सकेमा कतिपय अवस्थामा जन्डिसलाई घरमै उपचार गर्न सकिन्छ । जन्डिस उपचारका केही प्रमाणित घरेलु उपाय यस्ता छन् ।

. केराः
पाकेको केरालाई मुठिले मिच्नुहोस, केही मह मिसाउनुहोस र दिनमा कम्तिमा पनि दुई पटक खानुहोस् । जण्डिस उपचारमा यो विधि आयुर्बेदमा पनि निकै प्रयोग भएको पाइन्छ ।

. गोलभेडाको जुसः एक चिम्टिी नुन र मरिचको धुलो मिसाएको एक गिलास गोलभेडाको जुस विहान खाली पेट खानुहोस् ।

. मुलाको पातः
मुलाको पातले भोक लगाउने र आन्द्राको कार्यलाई सुचारु गराउँछ । मुलाको पातको जुस बनाई फिल्टर गरी खाँदा उत्तम हुन्छ ।

. मेवाको पातः
एक चम्चा महलाई एक चिया चम्चा मेवाको पातको पेस्टमा मिसाएर खानुहोस् । यसको सेवन जन्डिसका लागि निकै प्रभावकारी उपाय हुन सक्छ ।

. उखुको रसः
उखुमा भएको तत्वहरुले जन्डिसका रोगीले खाएको खानेकुरा वा जुस पचाउन सहयोग गर्नुका साथै कलेजोलाई उचित रुपमा काम गर्न सहयोग पुर्याई बिरामीलाई जन्डिसबाट मुक्त हुन सहयोग पुयाउछ ।

. तुलसी पत्ताः
१० देखि १५ ओटा तुलसीका पात लिनुहोस् र यसको लेप बनाउनुहोस् । यसमा आधा गिलास ताजा जुस मिसाउनुहोस् । दुई देखि तीन साताभित्रै जन्डिसबाट मुक्त हुन सकिन्छ ।

. जौः एक मुठी जौलाई तीन लिटर पानीमा मिसाएर सानो आगोमा लामो समयसम्म तताउनुहोस् । यसरी धेरैबेरसम्म तताएको पानीलाई बारम्बार पिउनुहोस । उमालेको जौ पानी जन्डिस उपचारका लागि सही तरिका हुन्छ ।

. कागती:
कागतीले रोकिएका आन्द्राका नलिहरुलाई खुलाइदिनुका साथै रोगीले खाएको खानेकुरा पचाउन पनि मद्दत गर्छ । यसरी बनाएर खाएको कागती पानीले कलेजोको कोषलाई हानी हुनबाट बचाउछ ।साथै जन्डिस रोगिलाई फाईदा गर्छ ।

. घ्युकुमारीको पातः
घ्युकुमारीको केही पात टिपेर भित्रको तरल पर्दाथलाई कालो नून र अदुवासँग मिलाउनुहोस् । १० दिनसम्म खाली पेट खानुहोस् । बिस्तारै सुधार आउछ ।

. महिः
एक गिलास महि लिनुहोस र यसमा केही कालो मरिच हाल्नुहोस् । राम्रोसँग घोल्नुहोस र दिनमा कम्तिमा तीन पटक पिउनुहोस् ।

. गाँजरको जुसः
 गाँजरको ताजा जुस बनाउनुहोस् र दिनमा पाँच सात पटक पिउनुहोस् । गाँजरका टुक्रालाई रोगीले खाने खानामा समेत मिलाए दिनुपर्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment