Sunday, April 23, 2017

५ मिनेटमै ढाड दुख्ने र खुट्टा दुख्नेसमस्याबाट छुट्कारा, मात्र यी ५ सरल व्यायामबाट (दिनहुँ गर्नुस् फिट रहनुस् )

एजेन्सी – खुट्टा शरीरको महत्वपूर्ण भाग हो । विभिन्न शारिरीक कसरतहरु गर्दा खुट्टाकै आधार लिनुुपर्ने हुन्छ । त्यसैले खुट्टाको हेरविचार गर्न निकै नै आवश्यक छ । यसले खुट्टा र ढाड दुख्ने समस्याबाट चाडैं छुट्कारा दिलाउँछ ।

आज हामी तपाईंलाई ५ प्रकारका कसरतहरुको बारेमा जानकारी दिन्छौं । यस व्यायामलाई नियमित रुपमा गर्नसकेमा खुट्टासम्बन्धि विभिन्न समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

१) खुट्टाको औंलाले थिच्ने:

खुट्टालाई आराम दिलाउनको लागि तपाईंले यस कसरतलाई गर्न सक्नुहुन्छ । सबैभन्दा पहिला सिधा उभिनुहोस् । त्यसपछि घुँडालाई बिस्तारै खुम्चाई खुट्टाको औंलाले भुइँमा टेक्नुहोस् । यसै पोजिशनमा एकछिन बस्नुहोस् । यस व्यायामलाई दिनको ३ पटक सम्म गर्नुहोस् ।

२) खुट्टाको औंलाको मद्धतले हिंड्ने:

खुट्टाको औंलाको आधार लिई हिंड्ने कसरतले खुट्टाको मांसपेशीलाई बलियो बनाउँछ । यो व्यायाम निकै नै सरल छ । यसको लागि कुर्कुच्चा उचालेर खुट्टाको औंलाले टेकेर २० सेकेण्डसम्म हिंड्नुहोस् । त्यसपछि १० – १५ मिनेट आराम लिनुभई फेरी ५ पटकसम्म हिंड्नुहोस् । राम्रो परिणामको लागि दिनको दुईपटक यस कसरतलाई गर्नुहोस् ।

३) गोलीगाँठोको कसरत:

गोलीगाँठोको गतिशीलता र लचकता निकै नै महत्वपूर्ण छ । कहिलेकाहीं शरीर भारी महशुुुस हुनुको कारण गोलीगाँठो कस्सीएर पनि हुन सक्छ । यसको परिणामस्वरुप मांसपेशी र जोर्नी दुख्ने हुन्छ । मांसपेशी कसिएर ढाड दुख्ने , घुँडा दुख्ने आदि समस्या हुने गर्छ ।

यसको लागि सबैभन्दा पहिला शरीरलाई सीधा पारी सुत्नुहोस् । त्यसपछि आफ्नो एउटा खुट्टालाई विस्तारै टाउको माथि लगी गोलीगाँठोलाई घडिको दिशामा घुमाई १० सम्म गणना गर्नुहोस् र खुट्टालाई तल राख्नुहोस् । अर्को खुट्टामा पनि यसै विधिलाई दोहोर्याउनुहोस् ।

४) रेजिस्टेड फ्लेक्सन:

यस व्यायामको लक्ष्य सानो खुट्टाको मांसपेशी हो । जस्ले खुट्टालाई सन्तुलन राख्ने उत्तरदायित्व निर्वाह गर्छ । यस व्यायामले तपाईंको खुट्टाको मांसपेशीलाई तन्काउनुको साथै चोटपटकबाट बचाउँछ ।

यसको लागि भुँईमा बस्नुहोस् । आफ्नो दुबै खुट्टालाई सीधा अगाडि तन्काउनुहोस् । पट्टिलाई पैतालामा बाँधि पछाडि ढल्कनुहोस् र सीधा तन्काउनुहोस् । यस पोजिशनमा ५ सेकेन्डसम्म बस्नुहोस् । एकछिन आराम लिनुभई १० पटकसम्म यस प्रक्रियालाई दोर्याउनुहोस् ।

५) टोई पेन्सिल पिकअप्स:

यो कसरत निकै नै सामान्य र सरल छ । पेन्सिललाई भुईंमा राख्नुभई खुट्टाको औंंलाले टिप्नुहोस् । १० सेकेन्डसम्म यसै पोजिशनमा बस्नुहोस् । यस कसरतलाई दुबै खुट्टामा ५–५ पटकसम्म गर्नुहोस् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment