Saturday, April 29, 2017

‘डाँफे झै नाँच्ने, हिमाल झै हास्ने, नेपालकी छोरी हुँ म’ भन्ने गित मेरो लागि लेखे जस्तो लाग्छ !

भैरहवा,भारतीय च्यानलबाट प्रसारित रियालिटी शो डान्स इण्डिया डान्स (डिआइडी) र झलक दिखलाजा कार्यक्रमकी विजेता तेरिया फौजा मगरलाई उनको गृह जिल्ला रुपन्देहीमा सम्मान गरिएको छ ।

भैरहवाका समाजसेवी सत्यलाल हिराचनले तेरियाले झलक दिखलाजाको विजेता भई अन्तराष्ट्रिय जगतमा नेपाल र नेपालीको नाम फैलाउन सफल भएकोमा नगद र सम्मानपत्र सहित सम्मान गरेका छन् । शनिवार भैरहवामा एक कार्यक्रमको आयोजना गरी तेरियालाई एक लाख रुपैयाँ र सम्मानपत्र सहित सम्मान गरिएको कार्यक्रमकी संयोजक रमिता थापा मगर केसीले बताइन् ।

राष्ट्रिय प्रतिभालाई नागरिक समाजबाट आफ्नो इच्छानुसार प्रोत्साहन स्वरुप केही न केही सहयोग गर्नुपर्छ भन्ने मनमा लागेको कारण तेरियालाई सम्मान गरिएको समाजसेवी हिराचनले बताए । तेरिया सन् २०१४ मा डिआइडी र सन् २०१७ मा झलक दिखलाजा कार्यक्रमकी प्रथम विजेता भएकी थिइन् । कार्यक्रममा तेरियाले ‘डाँफे झै नाँच्ने, हिमाल झै हास्ने, नेपालकी छोरी हु म’ भन्ने गित गाएकी थिइन् ।




Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment