Saturday, April 29, 2017

बास्तु शास्त्र भन्छ: एक कचौरा नून यस्तो ठाउँमा राख्नुस् भाग्य चम्किन्छ

बास्तु शास्त्र भन्छ: एक कचौरा नून यस्तो ठाउँमा राख्नुस् भाग्य चम्किन्छ

बास्तु शास्त्र भन्छ: एक कचौरा नून यस्तो ठाउँमा राख्नुस् भाग्य चम्किन्छ
सामान्यतया नूनले हामीले खाने खानाको स्वाद बढाउछ । तर त्यती मात्र होइन बास्तुशास्त्र भन्छ ‘नुनले तपाइँको भाग्य पनि चम्काउछ ।’नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्याउँछ । बास्तु शास्त्रमा जीवनलाई सुखी र समृद्धशाली बनाउने अचूक उपायहरुको उल्लेख गरिएको छ ।

तपाइँको घरमा बास्तुदोष छ भने त्यसको उपचार केवल केही कचौरा नूनले गर्न सकिन्छ । तर यस्तो नून भने समुन्द्री नून नै हुनु पर्छ । बाथरुममा केही कचौरा नून राख्नुस् तपाइँको घरमा रहेको बास्तु दोष मेटिन्छ । तर हरेक महिना कचौरामा रहेको नून परिवर्तन गर्नु पर्छ । बास्तुशास्त्र भन्छ ‘हाम्रो वरपर सकारात्मक र नकारात्मक गरी २ प्रकारका शक्ति हुन्छन् ।

यसको प्रभाव हाम्रो जीवनमा सिधा पर्छ । बास्तु शास्त्र यही सिद्धान्तमा आधारित छ । घरमा धेरै सदस्यको सोंच नकारात्मक छ भने सो घरमा शान्ति हुन कठिन हुन्छ ।’ नूनमा यस्तो अदभुत शक्ति हुन्छ जसले त्यस्ता नकारात्मक शक्ति नष्ट गरिदिन्छ । त्यसका साथै घरको दरिद्रता नष्ट हुने र लक्ष्मी प्रशन्न हुने समेत बास्तु शास्त्रको दावी छ । बाथरुममा नून राख्दा असफलताको अन्त्य हुने र सफलता शुरु हुने समेत विश्वास छ ।

नून पोखिनु अशुभ
हाम्रो परंपरागत मान्यतामा नून पोखिनु राम्रो मानिँदैन । त्यसैकारण नून प्रयोग गर्दा सचेत भएर गर्नु पर्छ । नून पोखिनु नेपाल र भारतमा मात्र होइन युरोपेली देशमा समेत नराम्रो संकेत मानिन्छ । खासकुरा के हो भने प्राचिन समयमा नून दुर्लभ हुने गर्थ्यो । रोमान साम्राज्यमा सैनिकहरुलाई तलवको साटो नून दिने गरिन्थ्यो । तलवलाई अंग्रेजीमा स्यालरी भनिन्छ जुन स्याल र सल्टको अपभ्रंस हो । त्यसैले नून खस्नु भनेको भाग्य वा समृद्धीको पतन जस्तै मानिएको हो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment