Sunday, April 23, 2017

देश बिदेशबाट नेपाल भारतको सिमालाई काडेतार हाल्न दबाव सहित अभियान ।

काठमाडौं, बैशाख १० – नायक तथा निर्माता नवल खड्काले सिमा क्षेत्रमा काढेतार लगाउन सम्पुर्ण अगाडि बढ्नु पर्ने बताएका छन् । राष्ट्रिय स्वाधिनताका लागि युवा तथा विद्यार्थी अभियान नेपाल काठमाडाैंले सिमा क्षेत्रमा काँडेतार लाउन सुरु गरेको जागरण अभियानमा बोल्नै उनले सो कुरा अगाडि सारेका हुन् ।

कार्यक्रममा खड्काले प्रत्येक युवा बिना बर्दिका सिपाही भएकोले आफु पनि सिमानामा काँढेतार बार लगाउन अगाडि सारेको धारणा राखे । खड्काले सरकारले एयरपार्टमा एयर मार्सल राख्ने कुरा अगाडि सारेकोले स्वभिमानी नेपालीको लागि यो घोर आपत्तिजनक विषय भएको उनले बताए ।

राजनीतिक विश्लेषक एवम् विज्ञ साध्य बहादुर भण्डारी, सिमाविद बुद्धि नारायण श्रेष्ठ, देशभक्त समाजका अध्यक्ष नारायण प्रसाद ढुंगाना लगायतले आआफ्नो धारणा अगाडि सारेका थिए ।

कार्यक्रममा सम्पूर्ण वक्ताहरुले एयर मार्सल राख्ने सरकारको निर्णयलाई बिरोध गर्दै गैर नागरिकहरुले नागरिकता पाइरहेकोमा समेत बिरोध गरियो ।

-रातोपाटी बाट

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment