Saturday, April 22, 2017

सरकार र मधेसी मोर्चाबीच रातारात भएको सहमतिमा एमालेको कडा प्रतिक्रिया

काठमाडौं, ९ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार र मधेसी मोर्चाबीच दुई चरणमा चुनाव गर्ने गरी भएको सहमतिमा आपत्ति जनाएको छ । उसले दुई चरणमा चुनाव गर्नु पहाड र तराईबीच दुरी बढाउने षडयन्त्र भएको आरोप समेत लगाएको छ ।

शनिबार राति सरकार र मोर्चाबीच भएको सहमतिलगत्तै एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले यो सहमतिलाई पहाड र तराईबीच दुरी बढाउने कदम भन्दै गम्भीर बन्न सरकारलाई सुझाव दिएका छन् ।

उनले भनेका छन्– ‘पहाड र तराईका बीचमा मनोवैज्ञानिक बिभाजनको रेखा कोर्ने काम चरणबद्ध निर्वाचनका माध्यमवाट गर्न खोजिदैछ । माओवादी केन्द्र र नेपाली कांग्रेस सरकार यस विषयमा कति गंभिर छ ?

यसैबीच युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले चुनाव रोक्ने षडयन्त्रका साथ प्रचण्ड सरकारले दुई चरणमा निर्वाचन गर्ने सहमति गरेको आरोप लगाएका छन् । आजको निर्णयको भारतको योजनामा गरिएको भन्दै उनले यो विरोध र तोकिएको मिति वैशाख ३१ मै निर्वाचन गर्नका लागि देशव्यापी दबाब मुलक कार्यक्रम गर्न आह्वान समेत गरेका छन् ।

उनले भनेका छन्– ‘प्रचण्डको नेतृत्वको यो लम्पसारबादी सरकारले भारतको योजनामा चुनाब नगर्ने उद्देश्यका साथ चुनाब दुई चरणमा गर्ने नौटंकी गर्न खोजेको छ । बैशाख ३१ गते मै निर्वाचन गर्नको निम्ति देश व्यापी दबाब मुलक कार्यक्रमहरु गरौं । भारतको योजनामा बुनिएको षड्यन्त्रको तानाबुनाहरु पर्दाफास गरौं ।’

यता युवा संघका सचिव माधव बास्तोलाले चुनाव सारे प्रतिकार गरिने चेतावनी दिएका छन् ।

आज विहानैदेखि बालुवाटारमा बसेर राति सकिएको सरकार र मोर्चाको बैठकले दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको थियो । जसअनुसार अब प्रदेश नम्बर १, २, ३ र ७ नम्बर प्रदेशमा दोस्रो चरण जेठ ३१ गते चुनाव हुनेछ । पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशमा मात्रै वैशाख ३१ गते चुनाव हुनेछ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment