Monday, May 1, 2017

दुई जना हुतिहारा नेताको कारण जनताले दुख पाए भन्दै क्याप्टेन विजय लामाको आक्रोस

देशको राजनीति माहोल देखि बिरक्त भएपछि प्रेम बानियाँ पछि क्याप्टेन विजय लामा पनि चुप बसेनन। क्याप्टेन लामाले देशको बिग्रदो अवस्था देखेर उनले आफ्नो फेसबुक वालमा नेताहरू विरुद्ध यसरी आक्रोश ब्यक्त गरेका छन।

क्याप्टेन लामाको फेसबुक स्टयाट्स:

आम जनताले के बिगारेका छन र आज यस्तो घिन लाग्दा दिनहरु भोग्नु परी रहेको छ ? किन बुझ्नै नसक्ने राजनितीको शिकार बन्नु परेको छ ? जैले किन यसरि दुख पिडा मात्र बोक्नु पर्ने एक दुइ जना हुतियारी नेताहरुका कारण ?

भ्रस्टाचारिका बिरुद्ध लड्न पनि नपाउने कसैले ? अनी लड्यो भने पनि कार्बाहीमा पार्ने ? कस्तो निती हो यस्तो ? जमात खडा गरेर जे गरे पनि हुने ?

देशलाई कति पछाडी धकेल्ने राजनिती र भाइ बन्दीको नाममा ? इतिहास ले छर्लङ देखाएको छ कोइ पनि आजिवन शक्तिशाली भएर बस्नु सक्दैन भनेर!

“NO ONE IS INVINCIBLE…EVEN A CHAMPION HAS TO BOW DOWN TO A NEW CHAMPION ONE DAY”

त्यसैले ति नेताहरु, जो आफुलाई सर्बे सर्बाह (invincible) भन्छन, भनठान्दछन जनता देखी डर मानेर बस्नुस किनी कि जनता सडकमा उत्र्यो भने कसैले रोक्न सक्दैन!

नेपाल आमालाई धेरै पिडा नदिनु धेरै न रुवाउनु! यसैमा राम्रो हुन्छ तपाइहरु सबैलाई!

हामी सबै मिलेर थामौ नेपाललाई….भत्कन बाट बचाउ!!!

जय चन्द्र सुर्य!

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment