Saturday, May 6, 2017

जिन्दगीका पिर ब्यथा ! पुरा पढ्नु होस कस्सो मन नरोला


जिन्दगीका पिर ब्यथा ! पुरा पढ्नु होस कस्सो मन नरोला

शान्ती अधिकारी
जिन्दगीका पिर ब्यथा लुकाउन सक्दिन म,
मनका कुरा तिम्रै अघि फुकाउन सक्दिन म ।

तिम्रा हर प्रगतिमा मेरै खुसि लुकेको छ,
अघि बढ्न ला’ का पाईला रुकाउन सक्दिन म ।

धेरै भयो पिडा भित्र छट्पटिदै बाँचेको छु,
रात दिन झर्ने आँशु सुकाउन सक्दिन म ।

माया दिदै साथ माग्यो त्यसैलाई पाप ठान्दै,
दुनियाको अघि त्यो शिर झुकाउन सक्दिन म ।

त्याग धेरै गरेका छौ जिन्दगीकै बाजि लगाई,
यो जुनिमा त्यागको मुल्य चुकाउन सक्दिन म ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment