Wednesday, May 24, 2017

काँग्रेसले ललितपुर जितेर ईज्जत जोगायो, काठमाण्डौ-भरतपुर र पोखरा एमालेको पोल्टामा जाने निश्चित

काठमाण्डौ । सर्बाधिक चर्चाको बिषय रहेको काठमाण्डौ महानगरपालिकामा एमलेका तर्फबाट उमेर्द्वार बनेका बिद्यासुन्दर शाक्यले जित्ने निश्चित भएको छ । झण्डै एक लाख ४० हजार मतगणना अनुसार झण्डै हजार मतले काँग्रेस उमेर्द्वार राजुराज जोशी एमालेका बिद्यासुन्दर शाक्य भन्दा पछाडी छन् ।

एकातिर विवेकशील र साझा पार्टीका उमेर्द्वार रन्जु दर्शना र किशोर थापाले सम्मानजनक भोट ल्याएपनि उक्त भोटले उनीहरु पछाडि धकेलिइसकेका छन् भने अर्कातिर काँग्रेसका तर्फबाट उमेर्द्वार घोषणा गरिएका राजुराज जोशीले आफू अझै आशाबादी रहेको बताएपनि उक्त मन बुझाउने बाटो बाहेक केहि पनि होईन । काठमाण्डौमा भएक ३२ वटा वडा मध्ये २९ वटामा मतगणना भईसकेको छ । र मतगणना सम्पन्न हुदा १५ हजार भन्दा बढी भोटले एमालेका मेयरले निर्बाचन जित्ने पूर्ब मेयर केशब स्थापीतको अनुमान अनुसार बिद्यासुन्दर शाक्यले निर्बाचन जित्दैछन् ।
जम्मा १ लाख ७३ हजार मत खसेकोमा अब आउने दुै उमेर्द्वारको समानुपालीक मत हेर्दा बिद्यासुन्दरले भारी मतले जित्छन् । बाँकी रहेका वाडा १०, १४ र १६ वडाको मतपरिणाम पनि केहीबेरमा सार्बजनिक हुंदैछ । मतगणनामा खटिएका कर्मचारीहरुलाई भत्ता दिने निर्बाचन आयोगको निर्णयसंगै मतगणना द्रुत गरिमा हुन थालेको छ । ललितपुरमा मेयर र उपमेयर जितेर ईज्जत जोगाएको काँग्रेसले पोखरा भरतपुर र काठमाण्डौ तिवटा महानगरपालिकामा हार हुने कुरालाई स्वीकार्न पनि पछि हट्नु हुंदैन । भरतपुरमा काँग्रेसले माओबादी केन्द्रकी नेतृलाई तालमेल अनुसार सघाएको थियो ।

श्रोत : सुर्यखबर

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment