Wednesday, May 24, 2017

ऐश्वर्याको कारण टुटेको थियो सलमान-सोमीको प्रेम !

नयाँ दिल्ली । बलिउड दबंग सलमान खानको फिल्मी करिअर हिट रहेपनि व्यक्तिगत रुपमा उनी अहिलेसम्म एक्लै छन् । उनको कतिपय युवतीसँग नाम जोडिएपनि विहेसम्म पुग्न सक्ने सम्बन्ध कुनै पनि रहेको छैन ।

सलमानसँग प्रेम सम्बन्धमा रहिसकेकी अभिनेत्री हुन् सोमी अली । सोमी अली र सलमान खान विहे गर्ने मुडमा थिए तर अचानक उनीहरुको यो सपना चकनाचुर भएको थियो ।

खबर अनुसार सलमानको समयमा जब ऐश्वर्या रायले इन्ट्री मारिन् तब सोमी अलीसँगको सम्बन्ध टुटेको थियो । सोमीले हालै दिएको एक अन्तर्वार्तामा ‘हम दिल दे चुके सनम’को छायांकन पूर्व आफूहरुबीचको सम्बन्ध निकै राम्रो रहेको बताएकी छिन् । जब सलमानले ऐश्वर्यालाई भेटे सोमीलाई पन्छाएका थिए ।

सलमानको नाम अहिलेसम्म संगीता बिजलानी, सोमी अली, एैश्वर्या राय, कट्रिना कैफसँग जोडिसकेको छ । अहिले उनी यूलिया बन्तुरसँग प्रेम सम्बन्धमा रहेका छन्

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment