अहिले पनि महाशाखाका एसएसपी दिनेश अमात्य र छविलाल जोशीको टिम निकै मिलेको छ । तर, फरक के छ भने पहिले राम्रो काम गरेर शान्ति सुरक्षा कायम गर्नका लागि मिलेको थियो भने अहिलेका एसएसपी कमाउनका लागि मिलेका हुन् ।
गत आइतबार बेलुका दुवै कार्यालय प्रमुखले मिलेर राजधानीका सबै क्यासिनोमा छापा हानेको विषय अहिले प्रहरी वृत्तमा निकै चर्चामा छ । क्यासिनोमा नेपाली छिरेको आशंकामा एकैपटक पाँच क्यासिनोमा छापा हानिएको थियो ।
तर, एक जना पनि पक्राउ परेनन् । राति ९ बजेदेखि साढे ११ बजेसम्ममा प्रहरीले सोल्टी होटल, याक एण्ड यति, सांग्रिला, ¥याडिसन र हायात होटलमा रहेका क्यासिनोमा डिएसपीको कमाण्डमा टोली खटाएर छापा हानिएको थियो ।
कुनै पनि क्यासिनोमा नेपाली जुवाडे भेटिएनन् । तर, आफ्नै हाकिमलाई क्यासिनोभित्र देखेपछि छापा हान्न गएको टोली चकित भयो । याक एण्ड यतिमा रहेको रोयल क्यासिनोमा प्रहरीका एक हाकिम मदिरा पिइरहेको अवस्थामा भेटिएको स्रोत बताउँछ । तर, आफ्नै हाकिमलाई पक्राउ गर्ने आँट प्रहरीको थिएन ।
दृष्टि साप्ताहिक लेख्छ- हावा तालमा छापा हान्दा नेपाली ग्राहकहरु भने कोही नभेटिएका हुन् । बिहान १० बजे नै क्यासिनोमा छापा हान्न जाने भन्दै टोली तयारी अवस्थामा राखिएको थियो ।
क्यासिनो संचालकहरुको प्रहरीमा सेटिङ छ । छापा हान्ने सूचना पहिले नै पाएका कारण आइतबार उनीहरुले नेपाली ग्राहकहरुलाई छिर्न दिएका थिएनन् । सोही कारण प्रहरीको छापा असफल भयो । हुन त प्रहरीको उद्देश्य नेपाली जुवाडे पक्राउ गर्नु पनि थिएन ।
क्यासिनो संचालकलाई तर्साएर सेटिङ मिलाउनु मात्र थियो । महानगरीय प्रहरी कार्यालयले समेत सेटिङ मिलाउनका लागि छापा हान्न लगाएको थियो । छापा हान्न महानगरीय प्रहरी कार्यालयको टोली समेत खटिएको थियो ।
त्यसो त यसअघि पनि एसएसपी अमात्य र जोशीले संयुक्त पत्रकार सम्मेलन गरी एक सय ६१ जना गुन्डाको सूची बनाएर अप्रेसन थालिएको बताएका थिए ।
तर, हालसम्म दुवै कार्यालयले गुन्डा पक्राउ गरेका छैनन् । गुन्डाको सूची बनाएको भनेर तर्साउनका लागि मात्र उनीहरुले त्यो सार्वजनिक गरेको स्रोत बताउँछ ।
दैनिक नेपालको सहयोगमा
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment