Saturday, May 27, 2017

गोमा एयरको कार्गाे विमान दुर्घटना

१३ जेठ, काठमाडौं । गोमा एयरको कार्गो विमान सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा दुर्घटनामा परेको छ ।

काठमाडौंबाट गएको विमान नाइन एन एकेवाइ विमान २ बजेर ५ मिनेट जाँदा दुर्घटनामा परेको हो । मौसममा आएको खराबीका कारण विमान दुर्घटनामा परेको बताइएको छ ।
दुर्घटनास्थलमा अहिले उद्दार कार्य चलिरहेको छ । विमान दुई टुक्रा भएको छ । विमानका क्याप्टेन त्यहिँ अड्किएको र निकाल्ने प्रयास भइरहेको छ भने एयरहोस्टेजलाई उद्दार गरेर अस्पताल लगिएको छ । विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment