Monday, May 22, 2017

यस्तो मन्दिर, जहाँ भगवानको आशिर्वाद मात्र होइन ऋण पनि पाइन्छ

मन्दिर भन्ने बित्तिकै फूल, प्रसाद, अक्षता चढाएर भगवानको पुजाआजा गर्ने र आशिर्वाद माग्ने वा मन शान्ति पार्ने ठाउँ भन्ने बुझिन्छ । तर एउटा यस्तो मन्दिर पनि छ जहाँ भगवानबाट आशिर्वाद मात्र पाइँदैन मन्दिरबाट ऋण पनि पाइन्छ ।

भारतको हिमाचलस्थित सिमला, सिरमौर, किन्नौर तथा लाहैल स्पितीमा छ । त्यहाँ आवश्यक परेका मानिसहरुले सजिलै सँग कर्जा लिन पाउँछन् ।
मन्दिरबाट ऋण लिने परम्परा सदियौँ पूरानो हो । मन्दिरले दिने ऋण एक वर्षमै चुक्ता गर्नुपर्दछ । त्यसरी लिएको ऋणको केवल २.३ प्रतिशत मात्र व्याज तिर्नुपर्दछ । ऋणीको आर्थिक अवस्था निकै कमजोर भएमा मन्दिरका प्रबन्धकले निर्णय गरी ऋण माफी प्नि गरिदिन सक्दछन् ।

ऋण दिने बेलामा व्यक्तिलाई आवश्यक छ की छैन भन्ने हेरिन्छ न की ऋणीले ऋण चुक्ता गर्ला की नगर्ला, वा ठगी गरेर भाग्ला की भन्ने सोँच राखिँदैन । भगवानलाई कसैले धोका दिँदैन भन्ने विश्वास गरिन्छ ।

मन्दिरमा नगद मात्र होइन अन्नपात पनि ऋणको रुपमा पाइन्छ । नगदमा लिएको ऋण नगदै चुक्ता गर्नुप्र्छ भने अन्नपातको ऋण अनाजकै रुपमा ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment