Monday, May 22, 2017

काठमाडौं कमलादीमा भूत आतंक !, खाली घरबाट महिलाको चिच्चाहट

काठमाडौं, ८ वैशाख । विश्वभर भूत हुने र नहुने दुवै पक्षधर भेटिन्छन् । भूत हुनेमा जति विश्वास गरिन्छ, त्यत्तिकै मात्रा अविश्वास पनि गरिन्छ । आधुनिक युगसँगै युवापुस्तामा भूत हुनेमा भने विश्वास गरिन्न ।

तर, सोमबार काठमाडौैँको कमलादीमा भूत कराएको भन्दै त्यस क्षेत्रमा रहने मानिसमा त्रास फैलिएको देखियो । दुई वर्षअघि गएको शक्तिशाली भूकम्प पश्चात खाली रहेको एक पाँच तल्ले घरबाट महिला चिच्चाएको ठूलो स्वर आएपछि हेर्दा केही नदेखिएसँगै भूत रहेको आशंका गरिएको हो ।

प्रहरीले समेत उक्त घरभित्र खोजबिन गर्दा कोही फेला परेन । ‘बचाउ बचाउ’ भन्दै कराएको महिलाको स्वर सुनिएसँगै जम्मा भएका मानिसहरु केही फेला नपरेपछि फर्कन थाले भने त्यस क्षेत्रका पसलहरु पनि बन्द गरियो । अहिले उक्त स्थान सामान्य अवस्थमा फर्केको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment