Wednesday, May 24, 2017

भरतपुर अपडेट: खेल निकै रोचक बन्दै, कसले मार्ला बाजी? यस्तो छ पछिल्लो मत परिणाम

जेठ ११, काठमाडौं । एक लाख १२ हजार मत खसेको भरतपुर महानगरपालिकामा करिब ७४ हजार मतणना भइसक्दा पनि मेयरमा कसले जित्ने हो सामान्य संकेत समेत दिन सकेको छैन ।

१४ नम्बर वडाको मतगणना अन्तिम चरण पुग्दा एमालेका देवी प्रसाद ज्ञवालीले २९ हजार १३७ मत पाएका छन् भने माओवादी केन्द्रकी मेयरकी उमेदवार रेणु दाहालका पक्षमा २७ हजार ३४ मत खसेको छ ।

४ हजार ४४८ मतदाता संख्या रहेको १४ नम्बर वडाको मतगणना भइसक्दा रेणुले एमालेसँगको मतान्तर साढे १९ सयदेखि २ हजारमा झार्ने अनुमान गरिएको छ । १४ नम्बर वडाको मतगणना सुरु हुँदा २६ सय मतान्तर थियो । त्यसअघि उनको मतान्तर ३८ सय ३६ थियो । अहिले मतणना भइरहेको वडा माओवादीको पकड मानिने क्षेत्र हो ।

अब मतगणना गर्न १५ देखि २५ सम्मका १० वटा वडा बाँकी छ । यी वडामा ३९ हजार मत खसेको छ ।

१६ नम्बर वडामा एमालेले आफ्नो पक्कड रहेको बताउँदै आएको छ भने २३, २४, २५ वडामा पनि मिश्रित मतदाता रहेको एमालेले बताउँदै यी वडाबाट उसले आफ्नो पक्षमा जितका लागि पर्याप्त मत खस्ने दाबी गर्दै आएको छ ।

१७, १८ र १९ नम्बर वडा भने नेपाली कांग्रेसका मतदाता उल्लेख्य रहेको क्षेत्र हो । यही क्षेत्रबाट कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले जितेका थिए । उक्त क्षेत्रबाट रेणुलाई सोचेजस्तो मत आउने कांग्रेस–माओवादीको अपेक्षा छ । यी वडाको मत परिणामले रेणुको जितहार निश्चित गर्नेछ । यी वडामा ६० प्रतिशत मत खस्यो भने रेणुको जितको सम्भावना बलियो भएर जाने स्थानीय नेता तथा कार्यकर्ता बताउँछन् । तर, ६० प्रतिशत मत खसेन भने उनको जितको सम्भावना टर्दै जानेछ ।

यी वडाको मतगणना रेणुका लागि पर्ख र हेर जस्तो भएको छ । १६ नम्बर वडामा सबैभन्दा धेरै ५४ सय मतदाता छन् । यो वडाकोमत कसले बढी तान्छ सबैको चासोको विषय भएको छ । यसमा रेणुले देवीलाई ५–७ सयले लिड गरिन् भने उनको अवस्था बलियो हुँदै जानेछ । यही वडालाई एमालेले पनि महत्वका साथ हेरेको छ । यसमा कांग्रेसको भोट एमालेले आफ्नो पक्षमा पार्न सकेको खण्डमा रेणुलाई रोक्ने उसको सम्भावना पनि बलियो हुन्छ ।

१७नम्बर वडाको मतगणना सकिँदा करिब जितहारको आंकलन गर्न सक्ने अवस्था देखिनेछ । रेणुले दूरी कम गर्दै गएपनि एमालेले भने अझै १५ सय देखि दुई हजार मतान्तरले जित्ने दाबी गर्दै आएको छ ।

अहिलेसम्म माओवादी केन्द्र र एमाले दुबै कांगे्रसको मतमा भर परेकाले कांग्रेस जता ढल्किन्छ त्यही पार्टीले जित्नेछ । एक दिनमा दुई वटा वडाको मतगणना गर्दै आएकाले अझै अन्तिम मतपरिणाम आउन तीन दिन लाग्नेछ ।

२९ वटा वडा रहेको भरतपुरमहानरमा १ लाख १२ हजार ७४१ मत खसेको छ । १ देखि १३ नम्बर वडा र २९ र २८ नम्बर वडाको मतगणना भइसकेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment