Wednesday, May 24, 2017

वि.सं. २०७४ साल जेठ ११ गते। बिहीबार। इश्वी सन् २०१७ मे २५ तारिख। नेपाल संवत् ११३७ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– औंसी,

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अरूको विषयमा चासो राख्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्नो मिहिनेतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। फाइदा मिले पनि खर्चको मात्रा बढ्नेछ। आजको लाभांश सञ्चय नहुन सक्छ। सरसापटमा खर्चनुपर्ला। पछिका लागि गरिएको लगानीले भने फाइदा दिनेछ। ईर्ष्या गर्नेहरूले बाधा पुर्याउन सक्छन्। फाइदाका लागि शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ अवसर प्राप्त भए पनि नियमित काममै अलमलिनाले पछि परिनेछ। पहिलेको योजना अनिश्चित बन्नेछ भने नयाँ काममा अन्योल बढ्न सक्छ। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर जुट्नेछ। तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। बलजफ्तीले बन्न लागेको काम बिग्रन सक्छ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। छर-छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। शुभचिन्तकहरूको सुझावलाई ध्यान दिनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट पनि लाभ उठाउन सफल भइनेछ। भैपरी आउने खर्चले सताउने हुँदा लाभांश सञ्चय भने नहुन सक्छ। पछि फाइदा हुने काम प्रारम्भ गर्ने अवसर प्राप्त हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। संघर्षपछि भने लाभ उठाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मेहनतले नयाँ जिम्मेवारी दिलाउनेछ। तारिफयोग्य कामको चर्चा हुनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। तर अरूका काममा समय खर्चनुपर्ला। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि आफ्ना काम अवरुद्ध बन्न सक्छन्। परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अरूका लागि बुद्धि खर्चनुपर्नेछ। उपलब्धिविहीन काममा समय बित्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। आफ्ना सूचना बाहिरिनाले समस्या आउला। कामप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। शरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ। बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा उठाउन सकिनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
कामको चापले जीवनशैली व्यस्त रहनेछ। परिस्थिति अनुकूल रहे पनि सुविधाका लागि खर्चनुपर्ला। तापनि समयमा स्रोतसाधन जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ। तर, बलजफ्ती गर्दा काम बिग्रन सक्छ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसरले पछ्याए पनि परिस्थितिले पछि परिएला। लक्ष्यअनुसार समय दिन नसकिएला। प्रतीक्षा गरिएको नतिजा अलि कमजोर रहनेछ भने दिगो कामलाई केही समय पर्खनुहोला। पहिलेका सहयोगीहरू पछि हट्नाले कामको चाप बढ्नेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। मिहिनेतले अवसर दिलाउनेछ। समस्याका बीच टाढाको यात्रा हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। बलजफ्तीले चुनौती निम्त्याउला। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। नतिजाका लागि काम दोहोर्याउनुपर्ला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहनेछ। हडबड गर्नाले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ। नजिकका साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। धेरै फाइदा उठाउन नसकिए पनि सहयोगीहरूको साथ पाइनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।

साभार :- नेपाली पात्रो

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment