Monday, May 22, 2017

लगातार चुरोट पिउने दुई वर्षीय बालक अहिले गाउँकै हिरो

काठमाडौं । इन्डोनेसियाको एक दुर्गम गाउँमा दुई वर्षीय बालकले चुरोटको धूवाँ उडाएको तस्वीर सार्वजनिक भएपछि उनी अन्तर्राष्ट्रिय सनसनी बनेका थिए। अहिले चाहिँ उनले चुरोट पिउन छोडेका छन्, तौल घटाएका छन् र आफ्नो विद्यालयका हिरो छन्।

आल्दी रिजाल सन् २०१० मा सुमात्राको एक गरीब गाउँमा फेला परेपछि प्रसिद्ध भएका थिए । उनी ट्राइसाइकल चढेर दिनको ४० वटासम्म चुरोट पिउँथे।

दुई वर्षपछि भने इन्डोनेसियाली सरकारको विशेष पुनःस्थापना कार्यक्रम अन्तर्गत उनले चुरोट पिउने बानी त्यागे र बेस्सरी तौल बढाए। अहिले नौ वर्ष पुगेका अल्दी चुरोट पिउँदैनन्, तौल कम गराएका छन् अनि विद्यालयमा राम्रो प्रदर्शन गरिरहेका छन्।

‘शुरुमा त अल्दीलाई चुरोट छुटाउन खोज्दा उसले बेस्सरी नाटक गर्थ्यो,’ अल्दीकी आमा डायन रिजालले बताइन्, ‘तर अहिले उनी चुरोट चाहँदैनन् ।’

चुरोट छुटेपछि चाहिँ अल्दीलाई खुबै भोक लाग्न थाल्यो र उनी फ्याट भएका खानेकुरा अनि प्रत्येक दिन तीन क्यान कन्डेन्स्ड दूध पिउन थाले। खाना नपाउँदा अल्दीले भित्तामा टाउको ठोक्ने गर्थे र खानेकुरामा हात पु–याइहाल्थे । बिस्तारै यो बानी उनले छुटाउँदै गए। द डेली मेलबाट

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment