Monday, May 29, 2017

दोस्रो चरणको चुनाव सर्यो, असार ९ गते गर्ने सरकारको निर्णय

१५ जेठ, काठमाडौं । अन्ततः सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन सार्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले जेठ ३१ गतेका लागि तोकिएको निर्वाचन असार ९ गते गर्ने निणय गरेको हो ।

मधेश केन्द्रित राष्ट्रिय जनता दल नेपाललाई सहभागी गराउन शीर्ष तहमा भएको सहमति अनुसार सरकारले मिति सारेको हो । हिजो बालुवाटारमा भएको प्रतिपक्षी एमाले र राजपासहितको बैठकमा मिति सार्ने विषयमा सैद्धान्तिक सहमति भएपछि आज सरकारले यस्तो निर्णय गरेको हो ।

यो निर्णयसँगै राजपा चुनावमा आउने अपेक्षा सरकारले गरेकाे छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment