पानी राख्न र पानी पिउन उत्कृष्ठ
तामालाई पानी राख्न र पानी पिउनका लागि तामाको भाँडो उत्कृष्ठ मानिन्छ । तामाको भाँडामा राखेको पानी पिउनु उत्कृष्ठ मानिएको छ ।
रातिमा तामाको भाँडोमा पानी राखेर विहान पिउँदा धेरै नै फाइदा हुने शास्त्रमा उल्लेख छ । तामामा किटाणु नाशक तत्व हुने हुँदा तामाको भाँडामा राखेको पानी सबै भन्दा स्वस्थ मानिन्छ ।
तामाको भाँडोमा राखेको पानीले शरीरमा रहेका विषाक्त तत्व पनि बाहिर निकाल्न मद्दत गर्छ ।
८ घण्टा राख्नुस्
तामाको भाँडामा कम्तिमा ८ घण्टा राखेको पानी सबै भन्दा उत्कृष्ठ मानिन्छ । यो पानी स्वस्थ मात्र नभएर लाभदायक पनि हुन्छ । जसलाई चिसो लाग्ने समस्या हुन्छ त्यस्ता ब्यक्तिले तामाको भाँडोमा अलिकति तुलसीको पात राखेर राखेको पानी पिउँदा रोगबाट मुक्ति मिल्छ ।
थाइराइडको नियन्त्रित
थायरेक्सीन हार्मोन असन्तुलित भो भने थायराइडको रोग हुन सक्छ । थायराइडको प्रमुख लक्षण मानिस दुब्लाउँदै जाने हो । अत्याधिक थकान महसुस हुने पनि हुन्छ । तर यस्तो समस्या हुनेनलाई तामाको भाँडामा राखेको पानी सेवन गर्दा निको हुने विज्ञहरु बताउँछन् । तामाको भाँडोमा राखेको पानीमा रोगसँग लड्ने क्षमता हुन्छ र यसले शरीरको रोगप्रतिरोधात्मक क्षमतालाई पनि बढाउँछ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment