Monday, May 15, 2017

महिला स्वास्थ्य: यौनसम्पर्कको लागि उचित समय

समय भनेको एकदमै महत्वपूर्ण पक्ष हो- चाहे त्यो व्यवसायमा होस् या स्वास्थ्यकै विषयमा किन नहोस्। तर, यो पनि ध्यान राख्नुहोस् कि सेक्सको लागि पनि समय महत्वपूर्ण हुन आउँछ।

गर्भाधारणको लागि उचित समय भनेको विशेष गरी अण्डकोषको वृद्धि भैरहेको समय हुन जान्छ। (सामान्यतया, महिनावारी चक्रको बीच तिर- ११औँ दिन देखि २१ औँ दिनसम्म) तर सायद तपाईँहरूलाई यो थाहा नहुन सक्छ कि कुनै-कुनै यस्तो दिन हुन्छ, जुनबेला यौन सम्पर्क राख्दा शरीरिक तथा मानसिक स्वास्थ्यको लागि एकदमै फाइदाजनक हुन्छ।

सुखमय वैवाहिक जीवनमा यौन अति नै महत्वपूर्ण हुन्छ। त्यसैले सन्तोषजनक यौन जीवन चाहनुहुन्छ भने, यौनसम्पर्कको समयमा पनि ध्यान पुर्याउनु पर्दछ।

१. …महिनावारी हुनुभन्दा अगाडि

महिनावारी हुनुभन्दा १/२ दिन अगाडि महिलाहरूमा संभोग गर्ने चाहना अत्याधिक हुन्छ। जब पाठेघरमा रगत जम्मा हुँदै जान्छ, तब यौनाङ्ग सबैभन्दा बढि संवेदनशील हुँदै जान्छ र यति बेला संभोग गर्ने चाहना बढ्दै जान्छ साथै संभोगबाट धेरै सन्तुष्टि लिन पनि सकिन्छ। 1

२. …संभोग लामो समय टिकोस् भन्ने चाहनुहुन्छ भने
जब दशैँ र तिहारको बिदामा कार्यालय र व्यस्त समयबाट आराम पाइन्छ अनि कामको कुनै तनाव हुँदैन साथै आफ्नो जीवनसाथीसँग धेरै समय बिताउन पाइन्छ, यस्तो बेलामा कुनै हतार बिना आरामदायी संभोगमा संलग्न हुन सहज हुन्छ। हतार गर्नुहुँदैन। धैर्य गरी सेक्स अगाडीको फोरप्लेको लागि समय दिनु पर्दछ।

३. …साथीलाई भरपूर आनन्द दिन चाहनुहुन्छ भने
विहानीपख उठ्दा पुरुषको लिङ्ग सबैभन्दा बढि उत्तेजित हुन्छ। त्यसैले आफ्नो जीवनसाथीलाई दिनैभरी पर्खाउनुभन्दा २० मिनेट चाँडै आलरम राख्नुहोस् र विहानै संभोग गर्नुहोस्। महिलाहरूलाई विशेष गरी रातिको समयमा बढि थकाइ लाग्ने हुन्छ र त्यतिबेला यौनको त्यति चाहना पनि हुँदैन। सबेरैको संभोगले दिनैभरी प्रफुल्लित पनि गराउँदछ।Morning Sex

४. …दुखाईबाट राहत पाउन चाहनुहुन्छ भने
महिनावारीको बेलामा संभोग गर्दा दुखाईबाट धेरै नै राहत पाउन सकिन्छ। किनभने यौन उत्तेजनाले शरीरमा पेनकिलर हरमोन ‘अक्सिटोसिन’को पैदा गराउँदछ र यौनाङ्गको दुखाईमा कम ल्याउँदछ। जसले तपाईँलाई आराम दिन मद्दत गर्दछ। यसलगायत, टाउको दुख्दा, शरीर दुख्दा अनि अन्य पीडा हुँदसमेत यौनसंभोगले सो पीडालाई राहत प्रदान गर्दछ।

५. …व्यायामपश्चात
नियमित व्यायाम गर्नुहुन्छ भने व्यायामपश्चात संभोग गर्दा महिलाहरूमा आत्मविश्वास र इच्छाशक्तिको वृद्धि हुने विज्ञहरू बताउँछन्। फेरि यौन सम्पर्क पनि एकप्रकारको व्यायाम नै हो, यसले शारीरिक मात्रै होइन मानसिक स्वास्थ्यमा पनि महत्वपूर्ण भूमीका खेलिरहेको हुन्छ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment