Friday, May 26, 2017

दोश्रो चरणको निर्बाचनको तयारी भैरहदा आयो दुखद खबर : एमाले उम्मेद्वारलाई गोली प्रहार

जेठ १२, दाङ । एमालेका उम्मेदवारमाथि गोली प्रहरा गरिएको छ
विहिबार दाङको घोराहीमा एमालेका वडाध्यक्षका उम्मेदवार विवेक बुढाथोकी माथि गोली प्रहार भएको हो ।

घोराही उपमहानगरपालिका वडानम्वर ५ मा वडाध्यक्षका उम्मेदवार बुढाथोकी माथि गोली प्रहार भएको हो ।
गोली प्रहार पछि भाग्दै होटेलभित्र पसेका बुढाथोकी माथि रड प्रहार गरिएको एमाले दाङले जनाएको छ । घोराही उपमहानगरपालिकाका एमाले ईञ्चार्ज विवेक श्रेष्ठले कांग्रेस निकट नेविसंघका कार्यकर्ताहरुले बुढाथोकीमाथि आक्रमण गरेको जानकारी गराए । आक्रमणबाट बुढाथोकीको खुट्टा भाँचिएकोले अहिले उनको नेपालगञ्ज मेडिकल कलेज कोहोलपुरमा उपचार भइरहेको ईञ्चार्ज श्रेष्ठले जनाए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment