Sunday, May 28, 2017

१४ वर्षको उमेरमा दिनमा ३० जनासंग सेक्स गरेको अनुभव कसरी सुनाउँ म ?

२० वर्षअघिको कुरा हो, १४ वर्षकी त थिएँ म । यस्तो समस्या भोगिरहेको यो जिन्दगीको कथा सुनाउँ कसरी । यो सुन्ने जोकोहीको ज्यान काँप्छ । यस्तो एउटा कहानीको पात्र हुँ । हो, या कहानी एउटा यस्तो महिलाको हो, जो यो जीवनबाट गुज्रिएर अहिले यस्तै आहतलाई न्याय दिन लागिरहेकी छिन् र उनको जिन्दगीलाई सबैले सलाम गरिरहेका छन् ।

मेरो नाम सुनिता दनुवार हो, म अहिले मानवतस्करीविरुद्ध सक्रिय छु । अहिले म यो अभियानमा आउनु अघि म पनि मानव तस्करको यस्तै सिकार भएको थिएँ । त्यतिखेरको दुःख सुनाएँ भने तपाईंहरु छक्क पर्नुहुने छ ।

१४ वषको उमेरमा मुम्बइ वेश्यालयमा बेचिएकी थिएँ । एउटा सानो कोठीमा पाँच महिना नारकीय जीवन गुजारेँ । यतिमात्र होइन, मैले यति मारपिट सहनु पथ्र्यो कि त्यो उमेरमा, म सहनैँ सक्दिनँ थिए । कुटपिट गरेर दैनिक ३० जनासँग सेक्स गर्न बाध्य पारिन्थ्यो त्यो कोठीमा । पाँच महिना यो नारकीय जीवन भोगेपछि भाग्न सफल भएँ।

अहिले उनी कोही नारीले यस्तो नारकीय जीवन भोग्न नपरोस् भनेर अहोरात्र खटिएकी छन् । यसै अभियानले उनलाई संसारभर चिनाएको छ । सुनिता अहिले नेपालमा मानवतस्करीविरुद्ध अभियानमा सक्रिय छिन् । भूकम्पपछि नेपालमा महिला तस्करीको खतरा झन बढेकाले सुनिता सक्रिय छिन् । नेपालका युवती सुन्दर छन् तर गरिबीका कारण बढी बेचिन्छन् ।

हालैमात्र पनि सुनिताले ९ युवतीलाई बेचिनबाट बचाएकी छन् । यसरी बेचिनेमा अधिकांश बालिका उमेरका छन् । भूकम्पपछि नेपालका २ सय ५० भन्दा बढी युवती बेचबिखनको सिकार भइसकेका छन् । मानवतस्करले गरिबीको फाइदा उठाएर आफ्नो अपराध छिपाइ रहेका छन् । सुनिता चाहन्छिन्, अब कसैले नारकीय जीवन भोग्न नपरोस् । यो अभियान चलाइरहँदा सुनिताले तस्करको धम्की पनि खेप्नु परेको छ ।

– डेलिमेलबाट ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment