Sunday, May 28, 2017

प्रहरीमा सधै देउवाको राजनीति,बढुवा हुन बोराभरी पैसा बोकेर नेताकहाँ धाउनुपर्ने बाध्यता !

नेपाल प्रहरीको एसएसपीबाट अवकाश पाएका खनाल
काठमाडौं,जेठ १४ – नेपाल प्रहरीको एसएसपीबाट अवकाश पाएका यादवराज खनालले प्रहरीमा बढुवाको बारेमा मुख खोलेका छन् । एसएसपीबाट बढुवा भएर डीआईजीपी हुनुपर्ने खनालले नेतृत्वको बेवास्ताका कारण बढुवा नभइ उमेर हदका कारण अनिवार्य अवकाश पाएलगत्तै यस्तो प्रतिक्रिया जनाएका हुन् । सर्वोच्चको अन्तरिम आदेश सम्बन्धमा प्रहरी प्रधान कार्यालय, लोकसेवा आयोग र गृह मन्त्रालयका पदाधिकारीहरुले कुनै चासो नदिएपछि एसएसपी खनालले शनिबारदेखि अवकाश पाएका हुन ।

अवकाश लगत्तै उनले सामाजिक सञ्जालमा लेखेका छन् लेखेका छन् ‘सुटकेश बोकेर नेताहरुकहाँ दौडधुप चलिरहेछ थियो, तर समय धेरै बदलिसकेको रहेछ, अब नेपालमा सुटकेश होइन बोरै बोक्न पर्ने अवस्था आइसकेको रहेछ, खाम मात्रै बोकेर कुद्ने वा केही बोक्न नसक्ने प्रहरी अधिकृतको हबिगत के होला?

आदरणीय आफन्त नातेदार तथा सहानुभूति प्रकट गर्नु हुने सम्पूर्ण मित्रजनहरु ,

सर्वप्रथम त : मैले नेपाल प्रहरीमा २९ वर्ष सेबा पुरा गरी हिजो मिति २०७४ साल जेष्ठ १३ गतेबाट गतेबाट अवकाश प्राप्त गरेको जानकारी सबैमा गराउन चाहन्छु , मेरो यस २९ बर्षे प्रहरी सेवामा म कुनै पनि गुट -उपगुटमा नलागी राजनितिक स्वार्थ र दबाबभन्दा माथि उठेर व्यक्तिगत स्वार्थ र आर्थिक प्रलोभनबाट मुक्त रही जनताको शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा नै तल्लिन रहे, तर २०७३ साल फाल्गुन १ गते बाट नै नेपाल प्रहरीमा ४ जना Dig पद खाली हुदाहुदै पनि (आफु रोलक्रमको न. २ मा रहेको ) नेपाल प्रहरीमा भित्र राजनैतिक हस्तछेप, नेपाल प्रहरीलाई नेत्तृत्व गर्ने मन्त्रालय कानमा तेल हालेर बस्नु तथा नेपाल प्रहरीको नेत्तृत्वको लाचारीपनले गर्दा १ बर्षे सेवा अबधि हुदाहुदै पनि सेवानिबृत हुनु परेकोमा भने दुख लागेको छ ,

हुनत नेपाल प्रहरीमा २०५० साल देखि नै राजनैतिक हस्तछेप तथा गुट र फुटको शुरुवात भएको थियो, जतिबेला तत्कालिन गृहमन्त्री शेर बहादुर देउपाले रत्न शम्शेर राणालाई IGP बाट हटाएर मोतोलाल बोहोरालाई IGP बनाएका थिए, अहिलेको IGP नियुक्ति प्रकरण पनि तेस्को यौटा ज्वलन्त उदाहरण हो, तर म निर्भिकताका भन्न सक्छु मा यो गुट -उपगुटमा कहिले पनि सामेल भइन ,

४ सिट खाली हुदाहुदै पनि प्रोमोशन ननिस्केको अवस्थामा एक अधिकृतले आफ्नो समस्या दर्साउन गृहमन्त्री, गृह सचिब र प्रहरी प्रमुख भेट्नु स्वाभाविक नै थियो ,तेही क्रममा मैले सबैलाई पटक-पटक भेटे पटक-पटक फोन मा सम्पर्क गरे तर सबै नेत्तृत्वको लाचारयुक्त जबाफ- गृहमन्त्रीले भने-“म त तपाइको प्रोमोशन गर्न तयार छु तर IGP र सचिबले फाइल नै बढाऊदैनन् , मैले भनेको उनीहरु मान्दैनन् के गरु ? ” तेस्तै सचिब र IGP ले गर्र्दीन कहिले भनेनन् , अब गर्ने, अब गर्ने , भनेर अन्तिम सम्म टारेर बसे , यो कस्तो लाचारीपन हो नेत्त्रिवकर्ताहरुको ? नेतृत्वकर्ताहरुलाई आफ्नो पीरमरका दर्साउदा “लाटोले बैरोलाई दन्त्यकथा सुनायेजस्तो भयो “

अन्तमा मैले २०७४ /०२/०९ गते न्यायालयको ढोंका ढकढकाए मलाई केहि राहत प्राप्त भएको महसुस भयो, सम्मानित सर्बोच्च अदालतबाट ११ गते ” बढुवा सम्बन्धि प्रक्रिया उचित समयमा सम्पन्न नगरिदा सम्भाव्य उम्मेदवारलाई अपुरणीय छेती पुग्न जाने हुदा कानुन बमोजिम प्रक्रिया पुरा गरी बढुवा प्रक्रिया अबिलम्ब सम्पन गर्नु ” भन्ने आदेसलाई (stay order) लत्याउदै बोर्ड बसाउने कुनै जमर्को नै गरिएन , विधिको शासनको उपहासको ज्वलन्त नमुना हो यो ,

मलाई सम्झना छ केहि वर्ष पहिले AIG को प्रोमोशनको दौड धुपको समयमा SSP रमेश खरेल भनेका थिए शुटकेश बोकेर नेताहरु कहा दौडधुप चलिरहेछ, तर समय धेरै बदलि सकेको रहेछ, अब नेपालमा सुटकेश हैन बोरै बोक्न पर्ने अवस्था आईसकेको रहेछ, खाम मात्रै बोकेर कुदने वा केही बोक्न नसक्ने प्रहरी अधिकृत को हबिगत के होला ?

२९ बर्षे जागिरको दौडानमा मसंग संगै काम गर्नु भएका प्रहरी अधिकृत तथा तथा जवानहरु लगायत सम्पूर्ण नेपाल प्रहरीका ईमान्दार र कर्तब्यनिष्ठ प्रहरी अधिकृत तथा जवानहरुलाई मा के भन्न चाहँनछु भने यदी यही हिसाबले प्रहरी सगठन गुज्रिदै गयो भने, यस्तै लाचारिपूर्ण तथा नपुसत्व नेतृत्व रहदै गयो भने नेपाल प्रहरीको अस्तित्व भोलिका दिनमा ‘काठमाडौँ सिटी सेन्टरको सेकुरिटी गार्ड’ मा परिणत हुन बेर लाग्ने छैन ,

र अन्त्यमा २९ बर्षे अघि आफु एक सामान्य नागरिकको हैसियतले प्रहरी सेवामा प्रवेश गरेको र २९ बर्षे सेवामा रहदा आफुले देश -बिदेशमा आर्जन गरेका सीप, ज्ञान,कार्य,कौशल र आत्मबललाई पुन: एक सामान्य नागरिकको हैसियतले जनताको सेवामा खर्चिने र त्यसबाट पनि बचे खुचेको समय गरिब तथा अ:सहायको सहयोगमा बिताउने प्रण गर्दै पुन एकपटक २९ बर्षे प्रहरी सेवामा रहदा सहयोग गर्नु हुने सम्पूर्ण महानभाबहरु तथा सहकर्मीहरुलाई धन्यवाद दिन चाहन्छु ,

नेपाल प्रहरीबाट हिजो मात्र पदबाट अवकास पाएका एसएसपी खनालले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको जानकारी साभार
श्रोत : रिसेन्ट नेपाल

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment