पटक-पटक उही झुटा भाषण,उही झुटा आषवासन,उही प्रतिबद्धता,उही व्यक्ति अनि उनैको शाषन,उनैको हैकम,उनैको राजनिति,उनैको स्वार्थ । बदलियो त केवल समय तर हाम्रो मानसिकता बदलिएन,हाम्रो सहि-गलत छुट्टाउने नजर बदलिएन,बदलिएन हाम्रो सोच अनि हेराइ बदलिएन । बस बदलिरह्यो सरकार तर देशको मुहार कहिल्यै बदलिएन ।
आश निकै थियो यो पटक!कोहि नयां व्यक्ति,नयां जोसका साथ देश चलाउने हेन्डल समाउन आउनेछन । अनि लग्नेछन देशलाई नयां उचाइमा,बनाउनेछन सुन्दर नेपाल,समृद नेपाल,कल्पनाको नेपाल जो हामी सदियौं देखी परिकल्पना गर्दै आएका छौं ।
तर अबशोस यो सब कल्पना र परिकल्पनामा मात्र सिमित रहनेछ यो पटक पनि । हामी नेपालीमा सपना देख्ने साहस त रहिरह्यो तर पुरा गर्ने अठोट कहिल्यै रहेन । मात्र चाहिरह्यौ परिवर्तन तर परिवर्तन गर्न कोही चाहेनौं । गर्न चाहानेले मौका पाएनन् ,मौका पाउनेले केहि गर्नै चाहेनन् ।
आखिर कहिले संम चलिरहन्छ यही?
कहिले लाग्छ हाम्रो दिमागमा घाम?
कहिले आउछ हामीमा परिवर्तन?
जानकार रहोस , देश विग्रनुमा नेता र सरकारको केहि गल्ति छैन ,गलत छौं त हामी जो असल नेतृत्वकर्मि छनोट गर्न कहिल्यै जानेनौं ।
अब त जागौं !
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment