१. शनिवारको दिनमा फलामबाट बनेको वस्तु दान गर्नुलाई बिशेष महत्व मान्ने गरिन्छ फलामको समान दान गर्दा शनिदेव प्रसन्न हुनुहुन्छ र व्यापारमा मुनाफा मिल्छ । शनिवार फलाम लाई दान गर्नुस तर घर(परिवारको लागी फलामको सामान खरिद गर्न बाट बच्नुहोस ।
२. शनिवारको दिन तेल दान गर्नु पर्छ तर तेल खरिद गर्नबाट बच्नु पर्छ । शनिवारको दिनमा तेल खरिद गर्नाले मानिस रोगबाट ग्रसित हुन्छ ।
३. यदि नुनको खरिद गर्नु छ भने शनिवारको सट्टा अरु कुनै दिन खरिद गर्नुहोस् । शनिवारको दिनमा नुन खरिद गर्नाले ऋण लाग्न तथा बढ्न सक्छ ।
४. शनिवारको दिन खरिद गरिएको कैचीले सम्बन्धमा टकराव ल्याउछ । यसैले यदि तपाईलाई कैची खरिद गर्नु छ भने शनिवारको अलावा अरु कुनै दिनमा खरिद गर्न सक्नु हुन्छ ।
५. कालो तिल चढाउनाले शनिदेव प्रसन्न हुनुहुन्छ र बिपत्तिबाट मुक्त पारिदिनु हुन्छ तर यस दिन कालो तिल खरिद भने गर्नु हुदैन ।
६. यदि तपाईलाई कालो रंगको जुत्ता खरिद गर्नु छ भने शनिवार खरिद नगर्नुहोस । मान्यता छ कि शनिवार खरिद गरिएको कालो जुत्ता लगाउने मानिसलाई कार्यमा असफलता प्राप्ति हुन्छ ।
७. पढाई/लेखाई संग जोडिएको वस्तु जस्तै कागज, पेन र मसी आदि खरिद गर्ने सबै भन्दा श्रेष्ठ दिन बिहिवार हो त्यसैले शनिवारको दिनमा खरिद नगर्नुहोस यसले मानिसलाई मुर्ख बनाउछ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment