Monday, May 1, 2017

कोठामै बसेर गर्भावतीको अवस्था थाहा पाउन सकिने नयाँ प्रविधि

रत्ननगर (चितवन), २७ असार । कोठैमा बसेर गर्भवती महिलाको अवस्थाबारे जानकारी लिन र दिन सकिने प्रविधि चितवनको झुवानी सामुदायिक पुस्तकालयले भित्र्याएको छ ।

‘आमाको मायाँ’ कार्यक्रमअन्तर्गत यहाँ नयाँ प्रविधि भित्र्याइएको हो । डेढ महिनादेखि उक्त कार्यक्रम यहाँ परीक्षणका रुपमा चलिरहेको पुस्तकालयका अध्यक्ष केशवराज आचार्यले जानकारी दिनुभयो ।

गर्भवती महिला र शिशुको अवस्थामा सुधार गर्दै उनीहरुलाई एक शतप्रतिशत अस्पताल सेवा पु¥याउने उद्देश्यले यो प्रविधि ल्याइएको हो । आमाको मायाँ मोबाइल एप्लिकेसनमार्फत उक्त सूचना सम्बन्धित ठाउँमा पुग्ने पुस्तकालयले जनाएको छ ।


उक्त कार्यक्रमका लागि चितवनको बछौली गाविसमा नौजना स्वास्थ्य स्वयम्सेविकालाई सुविधायुक्त माइक्रोम्याक्सको मोबाइलसमेत उपलब्ध गराइएको छ ।

स्वयम्सेविकाहरुले घरघरमा पुगेर गर्भवती महिलाको अवस्थाबारे मोबाइलमा टाइप गरेर राखेपछि सर्भरमार्फत उक्त जानकारी कन्ट्रोल कक्षमा पुग्ने र सो कन्ट्रोल कक्षबाट आवश्यक सावधानीका सूचनाहरु गर्भवतीलाई दिने गरिएको छ । कति हप्तामा शिशु र आमाको अवस्था कस्तो हुन्छ भन्नेसम्मको जानकारी मोबाइल एप्लिकेसनबाट गर्ने गरिएको स्वास्थ्य स्वयम्सेविका अर्चना दवाडीले बताउनुभयो ।

यदि चिकित्सकको भनाइ अनुसार मेल खाएन र महिलामा समस्या देखियो भने तुरुन्त स्वास्थ्य संस्थामा जान सोही एप्लिकेसनमार्फत नै सूचना दिने प्रविधि यसमा छ ।

सो क्रममा गर्भवती महिलालाई हरेक हप्तामा शिशुमा हुने अवस्थाका बारेमा भिडियो र अडियो सामग्रीमार्फत पनि सूचना दिइन्छ । कुनै अवस्थामा गर्भवतीमा समस्या आए÷नआएको पनि जानकारी हुने र सोही बेला चिकित्सकीय सेवासमेत दिन सकिने अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा अहिले बछौंली गाविसमा २७ गर्भवतीको रेकर्ड गरिएको छ । केही गर्भवती आफैँले मोबाइल एप्लिकेसनमार्फत जानकारी लिने र दिने गरेको पुस्तकालयको स्वास्थ्य उपसमितिका संयोजक रामप्रसाद सापकोटाले बताउनुभयो । रासस

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment