Monday, May 1, 2017

सुन्दरताका लागि दही

दहीमा क्याल्सियमको मात्रा अधिक हुन्छ । यतिमात्र नभएर प्रोटिन, लेक्टोज, आइरन र फस्फोरस पनि दहीमा पाइन्छ । यही कारण दहीलाई अधिक पोषक मानिन्छ । दहीको यही गुणबाट थुप्रै लाभ लिन सकिन्छ ।

–    अनुहारमा दही लगाउनाले छाला कोमल हुन्छ र बिस्तारै निखार पनि आउँछ । दहीले अनुहारको मसाज गर्ने हो भने ब्लिचको काम गर्दछ ।

यसबाट साइड इफेक्ट पनि हुँदैन ।


–    दही सेवन गर्नाले खानेकुरा राम्रोसँग पच्छ ।

–    दहीमा पाइने क्याल्सियमले हाड र दाँत बलियो हुन्छ । यसले अस्टियोपोरिसिसजस्तो रोगसँग लड्न मद्दत गर्छ ।

–    उच्च रक्तचापका रोगीलाई दहीले फाइदा गर्छ । तर, आयुर्वेदका अनुसार राति दही सेवन गर्नु हुँदैन ।

–    दहीमा ज्वानो मिलाएर खाने हो भने कब्जियतमा फाइदा गर्छ ।

–   दही कपालमा लगाउनाले चाया हट्नुका साथै कपाल नरम अनि चमकदार हुन्छ

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment