Monday, May 22, 2017

मधेशमा एमालेलाई पहिलो पार्टी बनाउने दावी, धमाधम पार्टी छाड्न थाल्दा रुवावासी !

मधेसी नेताहरु एमालेलाई मधेश विरोधी पार्टीको रुपमा चित्रण गरिरहँदा तिनकै पार्टीका नेताहरु धमाधम एमाले पार्टीमा प्रवेश गर्न थालेपछि मधेसी नेताहरु चित्त खान थालेका छन । प्रथम चरणको स्थानीय तहको नतिजा एमालेको पक्षमा आएसँगै मधेसी मोर्चामा आवद्ध नेताहरु धमाधम एमाले प्रवेश गर्न थालेसँगै मधेसी मोर्चाभित्र खैलाबैला मच्चिएको छ । हालै एकीकृत भएको राष्ट्रिय जनता पार्टी (राजपा) र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम परित्याग गर्दै सो पार्टीका मधेशका विभिन्न जिल्लाका अगुवाहरु एमाले प्रवेश गर्न थालेसँगै मधेसी पार्टीमा भुँइचालो गएको छ ।

मधेस केन्द्रित दल र कांग्रेसमा समेत तहल्का ल्याइदिने गरी एमाले प्रवेश गर्ने मधेशका लोकप्रिय नेता हुन मुन्नी साह । लाहानका पूर्व मेयर मुन्नी साह दलबल सहित एमाले प्रवेश गरेका हुन । उनलाई सिराहाको राजनीतिमा प्रभावशाली व्यक्तित्व मानिन्छ । यस्तै,मुन्नी साहपछि सिराहमा अर्को राजनीतिक झड्का दिनेगरी पूर्व सांसद पारोदेवी यादव र माओवादीका केन्द्रीय सदस्य डा नवीन यादव हिजो आइतवार मात्र एमाले प्रवेश गरेका छन । फोरम लोकतान्त्रिकमा रहेकी पूर्व सांसद यादव र माओवादी नेता नवीनको एमाले प्रवेशले सिराहाको राजनीतिलाई नै तरंगित बनाइदिएको छ ।

सिरहाका एमाले जिल्ला अध्यक्ष प्रमोद यादवले दोस्रो चरणमा हुने स्थानीय तहको चुनावमा सिराहामा एमालेलाई पहिलो पार्टी बनाएर देखाइदिने वताँउछन । उनी भन्छन ‘एमालेले नै मधेसका लागि काम गर्यो तर, मधेसलाई सधैं पछि पार्दै आएकाहरुले एमालेलाई मधेस विरोधी भनेर हल्ला चलाउँदै आएका थिए । अब मधेसमा एमाले पहिलो पार्टी हुन्छ । यस्तै, महोत्तरीको वर्दिवासमा भएको एमाले २ नम्बर प्रदेश कमिटीको भेलामा माओवादी केन्द्रीय सदस्य तथा पूर्व सांसद फरमुद नदाफ पनि एमाले प्रवेश गरे । त्यसको लगत्तै राजेन्द्र महतो नेतृत्वको तत्कालीन सद्भावना पार्टीका सप्तरी जिल्ला अध्यक्ष र हाल राजपाका क्षेत्रीय अध्यक्ष रहेका राजेन्द्र चौधरी एमाले प्रवेश गरे ।


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment