Monday, May 22, 2017

७ दिनमा नै दाद निको पार्न सबैभन्दा अचुक औषधी सयपत्रीको फुल : जानकारीको लागि पूरा पढ्न होला

सयपत्री एउटा फूलको प्रजाति हो । यो फूल नेपालको प्रसिद्ध फूल हो । सयपत्री फूलको प्रयोग १७ औं शताब्दीदेखि मात्र भएको मानिन्छ । नेपालमा तिहारका बेला विशेष रूपमा प्रयोग हुने सयपत्री फुलका अनेकौ फाइदा छन् जसमा यो पनि एक हो ।

दाद एक चरम्

रोग हो जो कष्टकर हुन्छ । प्रतिदिन सयपत्री फुलको ताजा रस निकालेर दाद भएको ठाँउमा लगाउनाले तपाइको दाद लै निकै फाइदा गर्छ । यो प्रकृया दिनमा २-३ पटक गर्दा झनै राम्रो हुन्छ।

यसरी दैनिक सयपत्रीको रस दादमा लगातार ७ दिनसम्म लगाउनाले तपाईको दाद आँफै हराएर जानेछ।

शरिरमा दाद आउँछ ? यसरी गर्नुहोस् उपचार

दादले कतिसम्म तनाव दिन्छ, भोग्नेलाई थाहा हुन्छ । शरीरका काप परेका भागमा दाद बढी आउँछ । खपिनसक्नु चिलाएपछि कन्याउनै पर्‍यो । सार्वजनिक ठाउँमा दादकै कारण तनाव व्यहोर्नुपर्ने हुन्छ । समस्या भोगिरहेकाहरू औषधि सेवन गर्दा पनि दाद निको नभएको गुनासो गर्छन् । कोही ठीक भए पनि फेरि दोहोरिएको व्यथा सुनाउँछन् । उसो भए के गर्ने ? छालारोग विशेषज्ञ डा. सबिना भट्टराईले दिएकाे सुझाव हामीले पनि यहाँ प्रस्तुत गरेका छाैंः

किन आउँछ दाद ?

धेरै मैलो शरीरको ओसिलोपन भएको ठाउँमा दाद आउँछ । शरीर बढी गुम्सिँदा पसिना आउँछ र बढी आद्रताका कारण शरीरमा ढुसी बन्छ । बढी ओस र तातोपन मिसिँदा नै ढुसी फैलिन्छ । त्यसैले काप परेको स्थानमा बढीजसो दाद देखिन्छ । सुरुमा सिक्काजस्तो गोलो आकारमा दाद देखिन्छ । वातावरणीय प्रदूषण र व्यक्तिगत लापरवाही यसका मुख्य कारक हुन् ।

किन हुँदैन निको ?

सिक्काजस्तो फुस्रो दाग सामान्य चिलाउने प्रक्रियाबाट सुरु भएर जटिल घाउ बन्न सक्छ । यो सरुवारोग नै हो । दाद निको नहुने भन्ने हुँदैन । तर, आफ्नै कमी कमजोरीका कारण निको नहुने हो । शारीरिक सफाइमा ख्याल नगर्नु, शरीरलाई ओसिलो बन्नबाट नरोक्नु र उपयुक्त औषधि प्रयोग नगर्नु नै दाद जटिल बन्ने कारण हो । हचुवाको भरमा सामान्य औषधि खाने तथा जथाभावी मलम लगाउने गर्दा समस्या बढी हुन्छ । यस्तो औषधिले दुई–तीन दिन चिलाउन छाडे पनि सधैँका लागि दाद निको हँदैन । अधिकांश पसलेले स्टिरोएड नामको औषधि चलाइदिन्छन् । यो औषधिले त शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाएर झनै समस्या निम्त्याउँछ ।हचुवाको भरमा लगाइने मलमले घाउलाई झनै बढाइदिन्छ र उपचार नै जटिल बन्छ ।

कसरी पार्ने निको ?

दाद निको पार्न वेलैमा छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ । सम्बन्धित चिकित्सकले परीक्षण गरेर दिएको सुझाव अनुसार मात्रै उपचार गर्नुपर्छ । दादको प्रकार अनुसार उपचार फरक हुन्छ । चिकित्सकले भनेको अवधि भर तोकिएको औषधि खाने तथा लगाउने गर्नुपर्छ । दादको औषधि लगाउने तथा खाने अवधि कम्तीमा पनि एक महिनाको हुन्छ । शरीरको जुन सतहसम्म ढुसी हुन्छ, त्यो हट्न कम्तीमा एक महिना लाग्छ । यसको उपचार क्लिनिकल केयर र माइक्रोलोजिकल केयर गरी दुई प्रकारले गर्नुपर्छ । अस्पतालमा चिकित्सकको निगरानीमा गरिने उपचार क्लिनिकल केयर हो । त्यस्तै, चिकित्सकले उपचारपछि घरमै बसेर नियमित औषधि उपचार गर्नु माइक्रोलोजिकल केयर भनिन्छ । बिरामीको क्लिनिकल उपचारपछि चिकित्सकले निश्चित अवधिका लागि औषधि दिएका हुन्छन् । हल्का निको भयो भनेर बीचैमा औषधि छोड्नु हुँदैन । दादको समस्याबाट मुक्ति पाउन कटनका लुगा लगाउनुपर्छ । पसिना शरीरमा ओभाउन दिनु हुँदैन । शरीरमा हावा खेल्ने कपडा लगाउनुपर्छ । शारीरिक सफाइमा ध्यान दिनुपर्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment